Saturday, October 24सुदुर मिडिया द्वारा संचालित
Shadow

समिति बिहिन अायाेजना

गाेपालसिंह खड्का / रुकुम पश्चिम असोज २७

रुकुम पश्चिमकाे चाैरजहारी नगरपालिका१४ र सानीभेरी गाउँपालिकाकाे १०नं. वडामा सञ्चालन भएको एक खानेपानी अायाेजना समिति बिहिन भएको छ।
बिगत २०७१/७२ सालबाट सुरु भएको पाखापानी लुगाधुनेखाेला ग्रामीण साैर्य खानेपानी उपभोक्ता समिति करिब तीन बर्षदेखि समिति बिहिन भएको हाे ।
स्थानीय चुनाबमा चाैरजहारी नगरपालिका वडानं.१४ बाट अध्यक्ष पदमा निर्वाचित भएका समितिका सचिव अतिराम विष्ट सार्वजनिक पदधारण गरेपछि उक्त सचिव पद रिक्त भएको हाे ।त्यस्तै समितिका काेषाध्यक्ष तुलसा अाेली खड्का जनचेतना अाधारभुत विद्यालयकाे बालबिकास शिक्षक ,उपाध्यक्ष महाविर खड्का बसाइँसराइ गरि दाङ जिल्ला गएको र अन्य सदस्य गणेशकुमार विष्ट र भीमबहादुर अाेली जनचेतना अाधारभुत विद्यालयकाे शिक्षक भएकोले बहुमत सदस्यहरु सार्वजनिक पदधारण गरेकाले समितिमा बस्न नपाउने भएपछि अध्यक्ष धनसिंङ खड्का अल्पमत भई खानेपानी उपभोक्ता समिति बिहिन भएको हाे ।
समिति विहिन हुदाँ खानेपानी व्यवस्थित हुन नसकेकाे स्थानीय रमित अाेलीकाे भनाइ छ।उहाँका अनुसार खानेपानी लाईन लथालिङ्ग ,पाईप लाइन टुटफुट सँगै चाैकीदारले अाफ्नाे पारिश्रमिक नपाउँदा खानेपानी अायाेजना अव्यवस्थित भई उपभोक्ताहरु मारमा परेकाे स्थानीयहरुले बताएका छन्। एक घर एक धारा नारा नारा मात्रै भएको छ तीन दिनकाे एक पटक धारामा पानी अाउने अन्य दुई दिन बाेकेरै ल्याउनु पर्ने बाध्यता नघटेकाे स्थानीयहरुकाे गुनासाे छ। अायाेजना करिब एक कराेड लागतमा खर्च गरेर पुर्णता नपाउनुमा छरिएर रहेका टाेलहरु पाइप लाईन बिस्तारमा कठिनाइ विभिन्न ५ ठाउँ हरुमा टंकी निर्माण तथा मिटर जडान कार्यमा उक्त रकम खर्च भएको समितिका कार्यबाहक अध्यक्ष धनसिं खड्काकाे भनाइ छ ।अायाेजनामा चाैरजहारीका १४ र १३ नं..का गरि १ सय र सानीभेरी १० का ५० घरधुरी रहेका छन्।अायाेजना पुरा नहुना पाउदै समिति बिहिन हुदाँ स्थानीयहरुले राम्राेसँग खानेपानी पिउन समेत पाएका छैनन् ।खानेपानी पूरा गर्न थप माेटार साैर्यपाता तथा पाइप भएमा दैनिक खानेपानी पाउने अाशामा स्थानीयहरु रहेका छन् ।बेलैमा समिति गठन वा अध्यक्ष धनसिंङ खड्काकाे नेतृत्वमा समिति पुन बहाल गर्न सम्बन्धित पक्षले बेलैमा साेच्न जरुर देखिन्छ ।