सोमबार , कार्तिक ८, २०७८

यिनै हुन् कक्षा १२ को परीक्षामा सबैभन्दा बढी अंक ल्याएर ‘नेपाल टप’ गर्ने सुम्निमा श्रेष्ठ

माघ २१, २०७७ बुधबार 52

यिनै हुन् कक्षा १२ को परीक्षामा सबैभन्दा बढी अंक ल्याएर ‘नेपाल टप’ गर्ने सुम्निमा श्रेष्ठ

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को परिक्षाफल सार्वजनिक गरेको छ । सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा बुटवलकी सुम्निमा श्रेष्ठ नेपाल टप भएकी छन् । उनले जीपीए ४ अंक हासिल गर्दै नेपाल टप गरेको बताइएको छ ।

मुलुकभरवाट कक्षा १२ को परिक्षामा ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ति सबैलाई उछिन्दै बुटवलको न्यू होराइजन इङलिस सेकेण्डरी स्कूलमा अध्ययनरत सुम्निमा नेपाल टप भएकी हुन् । .

सिम्बोल नम्बर २४९०११८८ रहेकी मा विज्ञान संकायकी छात्रा सुम्निमाले सबै विषयमा ४।६९ क्रेडिट आवर र प्राक्टिकलमा १।५६ अंक गरी जीपीए ४ हासिल गरेको सो विद्यालयले पुष्टि गरेको छ । विद्यालयका कक्षा १२ संयोजक प्रकाश खनाल आफ्नो विद्यालयकी छात्रा नेपाल टप भएकोमा खुसी ब्यक्त गरे ।

उक्त विद्यालयबाट विज्ञान संकायबाट ५७ जना र व्यवस्थापन संकायबाट ३३ जनाले परीक्षा दिएकामा २३ जनाले ए प्लस ग्रेड हासिल गरेका छन् । विज्ञान संकायबाट सक्षम देवकोटा र अमृत अर्यालले ३।९२ जीपीए र व्यवस्थापन संकायकी दिब्या उपाध्यायले ३।८४ जीपीए हासिल गरेका खनालले बताए । साभार – ताजा खबर