Saturday, October 31सुदुर मिडिया द्वारा संचालित
Shadow

चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना ईलाका प्रहरी कार्यालय चौरजहारी

रुकुम पश्चिम असोज २७

नजिएको दशैं, तिहार र छठ चाडपर्वलाई लक्षित गर्दै चौरजहारीमा हुने विभिन्न अपराध नियन्त्रण गर्न प्रहरीले लागू गरेको विशेष सुरक्षा योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।

ईलाका प्रहरी कार्यालय चौरजहारीले आमसर्वसाधारणको जिउधनको सुरक्षाका लागी सबै प्रकारको सुरक्षा योजना लागू गरेको प्रहरी निरीक्षक कृष्ण डाँगीले जनाएका छ्न ।

दशैंमा सुरक्षाको लागि प्रहरीको क्विक रेस्पोन्स टिम (क्युआरटी) र मोटरसाइकल समेत प्रहरी परिचालन गरिएको छ । मोटरसाइकल र मोवाईल गस्तीका साथै विभिन्न स्थानमा विभिन्न सुरक्षा पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाएको ईलाका प्रहरी कार्यालय चौरजहारीका ईन्चार्ज प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए ।

प्रहरीले आफ्नो घरको डेरामा बसेका व्यक्ति तथा काम गर्ने व्यक्तिको नाम, थर र फोटोसहितको विवरण राख्न, रातको समयमा आफ्नो घर, टोलमा होहल्ला गरी हिँड्ने तथा शंकास्पद व्यक्तिहरुको गतिविधि देखेमा प्रहरीलाई तुरुन्तै खबर गर्ने पनि प्रहरी निरीक्षक डाँगीले आग्रह गरेका छ्न ।