सोमबार , अषोज ११, २०७८

पोखरामा टिकटक बनाउने क्रममा बालिकाको छत बाट लडेर मृ,त्यु

माघ १४, २०७७ बुधबार 18

पोखरामा टिकटक बनाउने क्रममा बालिकाको छत बाट लडेर मृ,त्यु

पोखरा 

सानो असावधानीले पनि ठूलो दुर्घटनाको शिकार बन्नुपर्ने हुन्छ । साना बालबालिकालाई एक्लै छाड्दा ज्यान नै गुमाउनुपरेका

घटना हामीलाई थाहा छ । पोखरामा नाला छेउमा खेल्न जाँदा बच्चाहरु बगेका छन्, होलीमा छतबाट लड्न पुगेको छ ।

सडकमा निस्कँदा गाडीहरुले किचेका छन् । यस्तै घटना फेरि दोहोरिएको छ ।पछिल्लो समय किशोरकिशोरीको लत बनेको

सामाजिक सञ्जाल टिकटकको कारण पोखरामा बालिकाको ज्यान गएको छ । टिकटक भिडियो बनाउने क्रममा अचानक

लड्न जाँदा बालिकाको ज्यान गएको प्रहरीले जानकारी गराएको हो ।

यो पनि

कपिलवस्तु 

कपिलवस्तुको मायादेवी गाउँपालिकाका विद्यालयमा तीन दिनका लागि जाडो बिदा दिइएको छ ।

धेरै चिसोले गर्दा विद्यार्थीको स्वास्थ्यमा समस्या आउनसक्ने भन्दै गाउँपालिकाभित्र रहेका सबै विद्यालय बन्द गरिएको हो ।

गाउँपालिका शिक्षा शाखाका प्रमुख अमिनप्रसाद कुर्मीले सूचना निकाल्दै गाउँपालिकाभित्र रहेका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने जनाइएको छ ।

माघको शुरुदेखि नै कपिलवस्तुमा बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित भएको छ ।

यस्तै कपिलवस्तु नगरपालिकाका विद्यालय शीतलहरका कारण चार दिनका लागि बन्द गर्ने निर्णय भएको हो ।

जाडो बढेकाले पठनपाठनमा समस्या आएपछि विद्यालयमा बिदा थपिएको हो ।शुरुमा यही माघ ८ देखि माघ १० गतेसम्मका

लागि नगरपालिकामा रहेका सबै सरकारी र निजी विद्यालयहरु बन्द गरिएका थिए ।

नगर शिक्षा समितिको निर्णयअनुसार चार दिनका लागि जाडो बिदा थप गरिएको नगरपालिका शिक्षा एकाइका उपसचिव

हरिप्रसाद ज्ञवालीले बताए । माघ १५ देखि विद्यालय सञ्चालन हुने बताइएको छ ।

जाडोले गर्दा प्राविमा पढने स–साना विद्यार्थीहरु बढी प्रभावित बनेका छन् ।

जाडोले गर्दा विद्यार्थीको न्यून उपस्थिति भएकाले पठनपाठनसमेत प्रभावकारी हुन नसकेको शिक्षकहरु बताउँछन् ।