सोमबार , कार्तिक ८, २०७८

ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज् यान गयो

माघ १३, २०७७ मंगलबार 29

ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज् यान गयो

रुकुमपूर्वमा ट्याक्टर दुर्घटना हुँदा सह-चालक मृत्यु चालक घाइते

रुकुम (पूर्व) माघ १३

मनोज डाँगी

रुकुम पुर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको निधन भएको छ।

सोमबार राती साढे ९ बजेतिर सिस्ने‐५ को पाथिहाल्नेबाट डोजरको बकेट बोकेर सिस्ने‐५ स्थित रुकुमकोट तर्फ आउँदै गएको लु ४ प ४१८५ नम्बरको ट्याक्टर अनियन्त्रित भए

दुर्घटना हुँदा घाइते भएका सह-चालक इन्द्र बहादुर बुढाथोकीको उपचारका क्रममा रुकुमपूर्व अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका रुकुम पुर्वका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिएका छ्न ।

सिस्ने गाउँपालिका‐५ स्थित रुमालबारामा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर सह‐चालक सोही वडाका २१ वर्षीय इन्द्रबहादुर बुढाथोकीको निधन भएको हो ।

डीएसपी श्रेष्ठका अनुसार उक्त दुर्घटनामा परी ट्याक्टर चालक सिस्ने‐५ का २१ वर्षीय जीवन बुढाथोकी घाइते भएका छन ।

घाइते बुढाथोकीको थप उपचारका लागि सोमबार राती नै नेपालगञ्ज रिफर गरिएको प्रहरी प्रमुख श्रेष्ठले बताएका छ्न ।