समाचार

अज्ञात समूहद्वारा बसमा आगजनी

मकवानपुर

मकवानपुरको इन्द्रसरोवार गाउँपालिका–४ मा अज्ञात मानिसको समूहले गाडीमा आगजनी गरेको छ ।

हेटौंडाबाट काठमाडौंका लागि छुटेको बा१३च७९६९ नम्बरको बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार बिहान २ बजेतिर १० जनाको समूहमा आएकाहरुले चालकलाई गाडीबाट ओरालेर बसमा आगो गलाएको मकवानपुर प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिए ।

आगजनी गर्ने समूह नेकपा विप्लव समूहका कार्यकर्ता रहेको शंका गरिएको छ ।

Related Articles

Back to top button