Saturday, October 31सुदुर मिडिया द्वारा संचालित
Shadow

विश्व हिन्दु युवा संघ केन्द्रीय समितिको प्रबक्तामा विद्यार्थी नेता अनुराग शाहलाई मनोनीत

२१ असोज, काठमाडौं ।

केन्द्रिय समिति बिस्तार गरेपछि अध्यक्ष शाहले बिश्व हिन्दु युवा संघलाई एक बर्षमा देशको सबैभन्दा ठूलो संगठनको रुपमा विस्तार गर्ने पनि उद्घोष गरेका छन। विश्व हिन्दु युवा संघ केन्द्रीय समिति विस्तार गरिएको छ । संघका अध्यक्ष ऋषिकेश जंग शाहले केन्द्रीय समितिलाई विस्तार गरी १०६ सदस्यीय बनाएका छन् ।
अध्यक्ष शाहले विश्व हिन्दु महासंघ नेपालको विधानले दिएको जिम्मेवारी अनुसार आफूले कार्यसमिति विस्तार गरेको बताएका छन् ।
अध्यक्ष शाहले संघको प्रवक्तामा सक्रिय विद्यार्थी नेता अनुराग शाहलाई मनोनीत गरेका छन् । उनले प्रवक्तामा आफुलाई बिगत देखि साथ सहयोग गर्दै आएका उनका बिश्वास पात्र नेपाल विद्यार्थी संघका नेता अनुराग शाहलाई मनोनीत गरेका हुन।
केन्द्रिय समिति बिस्तार गरेपछि अध्यक्ष शाहले बिश्व हिन्दु युवा संघलाई एक बर्षमा देशको सबैभन्दा ठूलो संगठनको रुपमा विस्तार गर्ने पनि उद्घोष गरेका छन। उनले आफ्नो संगठनले सनातन हिन्दु धर्मलाई जगेर्ना गरेर नेपालमा पुर्वीया दर्शनमा आधारित अर्थनीति लाग्नु गर्न शसक्त रुपमा लाग्ने प्रतिबद्धता समेत जनाएका छन।