Sunday, October 25सुदुर मिडिया द्वारा संचालित
Shadow

सानोभेरि गाउँपालिकाको नेपाल तरुण दलकाे प्रथम अधिबेशन सम्पन्न ।

रुकुम पश्चिम् २६, असाेज
गोपाल सिंह खड्का
रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिकामा नेपाल तरुण दलकाे प्रथम अधिबेशन सम्पन्न भएको छ ।
कमल ओली संयाेजक रहेको सानीभेरी गाउँपालिकाको नेपाल तरुण दल ५४ सदस्यीय समिति गठन भएको छ । जुन संगठनलाई नेपाल तरुण दल जिल्ला कार्य समिति रुकुम पश्चिम र नेपाली काग्रेस रुकुम पश्चिमले ओलीलाई जिम्मेवारी दिएका हुन् ।
आज सम्पन्न भएको कार्यक्रममा नेपाली काग्रेस सानोभेरी गाउँपालिका पाटी सभापति कर्ण बहादुर डाँगीको अध्यक्षमा बसेकाे कार्यक्रममा नेपाल मगर सघंका केन्द्रिय सदस्य जेके बाँठा मगरकाे प्रमुख अतिथ्यता थियो भने कार्यक्रममा नेपाल तरुण दल जिल्ला उपाध्यक्ष यज्ञ बिष्ट , नेपाल विद्यार्थी संघका जिल्ला सभापति लाल बहादुर ओली , नेबिस जिल्ला सचीव तिलक डाँगी गाउँपालिका पाटी सचीव इन्द्र बहादुर खड्का र सानोभेरी गाउँपालिका ११ वटा वडाका पाटी सभापति लगायत नेपाली काग्रेस र नेपाल तरुण दल सदस्यहरुको उपस्थित रहेको थियो । यस्तै जिल्लाका तरुण दल नेता र सानोभेरी गाउँपालिका तरुण दलका नेताहरुको पनि उपस्थिति रहेको थियो सानीभेरी गाउँपालिका नेपाली काग्रेस पाटी सभापति कर्ण बहादुर डाँगीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन नेपाल तरुण दल नेता अर्जुन बिकले गर्नुभएको थियो । नेपाल तरुण दल सानिभेरि गाउँपालिकाको संयाेजक सहित ५४ सदस्य गठन भयको छ । अब गाउपालिका भित्र नेपाल तरुण दल बलियो हुने र गाउँपालिका भित्र विभिन्न वडाहरु केहि दिन देखी नै गठन गर्न बताएका छन ।