समाचार

Breaking news;> कक्षा १२ को नतिजा सार्बजनिक ! कसरि हेर्ने रिजल्ट? हेर्नुहोस् पूरा विवरण…

भक्तपुर

राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ।

परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा ३.६१ देखि ४ सम्म ल्याउने एक हजार १६९, ३.२१ देखि ३.६० ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० ल्याउने २७ हजार ६४३, २.४१ देखि २.८० ल्याउने ५८ हजार ३४५, २.१ देखि २.४० ल्याउने ९० हजार २९९, १.६१ देखि २ ल्याउने ६६ हजार ४३८, १.२१ देखि १.६० ल्याउने २२ हजार ७३४, ०.८१ देखि १.२० ल्याउने चार हजार ४८७, ०.०० देखि ०.८० ल्याउने १९९ जना छन् ।

त्यस्तै परीक्षामा कुनै एक विषयमा अनुपस्थित रहेका १७ हजार ४० विद्यार्थी छन् । त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

कसरी हेर्ने रिजल्ट ?

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दैछ । नतिजा वेभसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ ।

नतिजा सार्वजनिक भैसकेपछि शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेभसाइटबाट हेर्न सकिने छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

Related Articles

Back to top button