बर्दियामा फेरि दु:ख’द दु’ र्घटना

विश्वास चापागाईं;बर्दिया

बर्दियामा दिन प्रति दिन घ’ टनाहरू बढिरहेका छन्। सवारी चालकको असावधानी होस् या अरु कारणले होस् दैनिक जसो दुर्घटनामा परेर घा’ इते हुने र ज्यान गुमाउनेको संख्यामा कमी आएको छैन

आज माघ ७ गते नेपालगञ्ज गुलरिया सडक खण्डमा अवस्थित कण्ठपुरमा मोटरसाइकल र ट्रयाक्टर ठोक्किदा ४ जना घाइते भएका छन् ।

ट्राफिक प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका स्थित परसपुर नामक गाउँबाट बिहेको दाइजोले भरिभराउ भएको ट्रयाक्टर पश्चिम दिशा बाट आइरहेको र मोटरसाइकल चालक विपरीत दिशाबाट आउँदा ट्रयाक्टरमा ठक्कर खाँदा मोटरसाइकल चालक र मोटरसाइकलमा सवार ३ छोराछोरी घाइते भएका छन्। मोटरसाइकल चालक विकास नेपाली नेपाल प्रहरीका हवल्दार र अहिले उनी स्याङ्जामा कार्यरत छन्।

घाइते भएका मोटरसाइकल चालक बढैयाताल ८ निवासी विकास नेपाली र उनका १२ वर्षीय जेठी सुपुत्री भावना नेपाली, १० वर्षीय कान्छी सुपुत्री कमला नेपाली र ४ वर्षीय सुपुत्र सुवास नेपाली रहेको छन् भनेर कालिका प्रहरी चौकी का इन्चार्जले जानकारी दिएका छन्।

मोटरसाइकल चालक (बुबा) र जेठी सुपुत्री भावना नेपालीको अवस्था गम्भीर रहेको र कान्छी छोरी कमला र सुपुत्र सुवासको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal