सोमबार , अषोज ४, २०७८

एक बिहानै आयो यस्तो दु:खद ख’बर : विद्यार्थी बोकेको बस दु’र्घ’टना

माघ ६, २०७७ मंगलबार 33

एक बिहानै आयो यस्तो दु:खद ख’बर : विद्यार्थी बोकेको बस दु’र्घ’टना

०६ माघ २०७७

विराटनगर : मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते भएका छन् । मंगलबार बिहान डाइनियाबाट विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बस दुर्घटना भएको हो ।

विराटनगरको मेरिल्याण्ड कलेजमा अध्ययनरत विद्यार्थी बोकेको बा २ ख ४५८ नम्बरको बस सुनवर्सी नगरपालिका– ९ स्थित भेडुवाथानमा दुर्घटनामा परेको हो । घाइते हुनेहरुमा रतुवामाई नगरपालिका– ३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धा भट्टराई, मनिषा राजवंशी, निशा ताजपुरीया र विशालकुमार मण्डल रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए । घाइते विद्यार्थीलाई उपचारका लागि विराटनगर ल्याइएको छ ।

बाक्लो हुस्सुका कारण अगाडि राम्ररी देख्न नसकिरहेको अवस्थामा अचनाक आएको मोटरसाइकल बचाउने क्रममा गाडी पल्टिएको प्रहरीले बताएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक खड्काले बताए । उनकाअनुसार दुर्घटनामा परेर घाइते भएका विद्यार्थीको अवस्था सामान्य छ ।