माघ ०६ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  –
अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउने तथा औषधी उपचार खर्च बढ्न सक्छ । आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समाचारले मन दुखित तुल्याउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जीबन सुखि रहनेछ । व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । तरल पदार्थ, खाद्यान्न तथा औषधीजन्य सामानमा राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –
परिवार तथा आफन्तको साथ पाईने हुनाले काम गर्न सहयोग पुग्नेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । बुवा वा बुवा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ भने छोटो दुरिको यात्राको तय गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारी चलाउदा ध्यान दिनुहोला । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –
शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । आफन्तबाट सुनिने सुखद समाचारले अझ उत्साह बढ्नेछ । माया प्रेममा नजिक हुन सकिने तथा समृद्ध बन्ने योग रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यापार व्यवसायमा विशेष लाभ लिने सकिनेछ भने दैनिक उपभोग्य बस्तु तथा औषधीजन्य सामानको व्यापारमा वृद्धि हुनेछ । मन पर्ने साथि तथा आत्मिय मित्रका साथमा रमाईलो गफ गरि दिन व्यातित गर्न सकिनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
भाइबहिनी र छोराछोरीका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरि आम्दानी बढाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रत्येक काममा बाधा अडचन आउने तथा ढिलो गरी कार्यसम्पादन हुनेछ । आफूले भनेको कुरालाई विपरीत अर्थ लगाई आलोचना गर्न सक्छन् । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छन्, ध्यान दिनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ । राम्रै आम्दानी हुने तथा रोजगारिका अवसरहरु जुट्नेछन् । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ भने घर परिवार र सन्तति पक्षको सहयोग मिल्नेछ । सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुन सक्छ । माया प्रेममा नजिक हुन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यापार व्यावसाय वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । घर परिवार तथा आफन्तबाट साथ सहयोग प्राप्त हुनेछ । समयले साथ दिने हुनाले राम्रा अवसरहरू प्राप्त हुनेछन् । छोटो दुरिको धार्मिक यात्रा हुनेछ ।

प्रतिक्रिया

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal