Saturday, October 31सुदुर मिडिया द्वारा संचालित
Shadow

रुकुम पश्चिममा डोजरले किचेर एक जनाको मृत्यु

रुकुम पश्चिम असोज २६
मनोज डाँगी
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा डोजरले किचेर एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ९ मलेगेनी खोला नजिकै सडक खन्ने क्रममा डोजर पल्टीएर किच्दा स्थानिय ३७ वर्षीय दिपेन्द्र ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक हरी बहादुर ओलीले जानकारी दिएका छ्न ।
उहाँका अनुसार गएराती १०: ४०मिनेटमा ओलीको घर नजिकै बाटो खनिरेहेको डोजर पल्टीदा ४० फिट तल गएको र डोजरले किच्दा ओलीको मृत्यु भएको हो । डोजरले फालेको बाँसहरु ढल्याउने क्रममा डोजरले किच्दा ओलीको मृत्यु भएको बताइएकोछ ।
नविन कृष्ण कन्ट्रक्ससन प्रालीका सञ्चालक तेज बहादुर बोहराको रा १ क ११३७ नम्बरको डोजर रहेको र उक्त डोजर अहिले ठेकेदार कमल बुढा मार्फत सूचारु भैरहेको प्रहरीले जनाएको छ । डोजर चालक भने फरार रहेका छन ।
यसैविच मृतक ओलीको आफन्तहरु भने आन्दोलित भएका छन उनिहरुले अहिले सम्म शव बुझेका छैनन । दोषीलाई कार्वाही नभए सम्म शव नबुझ्ने आफन्तहरुको अडान छ । अहिले दुबै पक्षलाई बोलाएर छलफल भइरहेको र घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रबक्ता ओलीले बताएका छ्न ।