सोमबार , अषोज ४, २०७८

गुडिरहेको विद्युतको गाडीबाट खसेर दाङमा एक महिलाको मृत्यु

अषोज २६, २०७७ सोमबार 9

दाङ असोज २६

गुडिरहेको विद्युतको गाडीबाट खसेर दाङमा एक महिलाको मृत्यु भएको छ ।

पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार पूर्व पश्चिम राजमार्ग अन्र्तगत आइतबार राती लमही नगरपालिका ९ रिहार नजिकै विद्युत प्राधिकरणको बा १ ञ २२३१ नम्वरको गाडीबाट खसेर बाँके कोहलपुर नगरपालिका १० बस्ने ६६ बर्षिया गोमा सुवेदीको मृत्यु भएको हो ।

गाडीमा सवार सुवेदी एक्कासी खसेर गम्भिर घाइते भएको र उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा सोमवार विहान मृत्यु भएको प्रहरीले बताएको छ ।