वडा नं ९ ले आयाेजना गरेकाे आँखा शिविर सम्पन्न

बर्दिया २६ पुस । गुलरिया नगरपालिका वडा नं ९ काे आयाेजनामा एक दिने आँखा शिविर सम्पन्न भयकाे छ । वडा नं ९ ले वडा कार्यालयमा आाईतबार आयाेजना गरेकाे आँखा शिविरकाे गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तनाथ यादवले उद्घाटन गर्नु हुँदै वडा नं ९ ले वडाका नागरिकका लागि स्वास्थकाे बिषयमा सरहानिय काम गरेकाे बताउदै आँखा शिविरले वडामा रहेका गरिव तथा बिपन्न परिवारका मानिसहरूलाई राहत दिने बताउनु भयाे। ९ नं वडाले आयाेजना गरेकाे शिविरमा वडा अध्यक्ष हरि प्रसाद पासिले आफ्ना नागरिकलाई आखाकाे समस्या लियर बाहिर जान नपरेास भन्ने उद्वेश्यले शिविर आयाेजना गरिएकाे बताउनु भयाे । वडा नं ९ ले आयाेजना गरेकाे शिविरमा १ सय ४९ जना स्थानियले सेवा लियका थिय भने ५१ जना स्थानिय नागरिकलाई माेति बिन्दु भयकाे देखियकाे छ माेतिबिन्दु भयकाे ५१ जना मध्य १० जना जेष्ट नागरिक र शारीरिक अशक्त भयका ब्यक्ति काे सम्पुर्ण खर्च वडाले बेहाेरेर उपचार गर्ने समेत वडा अध्यक्ष पासिले जानकारि दिनु भयाे ।