बर्दियामा माेटरसाईकल दु’र्घटनामा एककाे मृ’त्यु

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा मोटरसाइकल दु’र्घटना हुँदा एक युवकको मृ’त्यु भएको छ । एक जना गम्भीर घा’इते भएका छन ।घाइतेको उपचार भइरहेको छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने भुरिगाउँ बजार देखि करिब ३ किलोमिटर रानिपुर नजिकै पश्चिमतिर गइरहेको डलपमा मोटरसाइकल ठोकिदा उक्त दु’र्घटना भएको प्रहरीले बताएको छ ।

मृ’त्यु हुनेमा ठाकुरबाबा नगरपालिका वडा नं. १ डुम्रेनीका अन्दाजी २५ बर्षका त्रिभुवन आचार्य भएकाे प्रहरिले जनायकाे छ भने सोही ठाउँकै तिर्थ आचार्य घा’ईते भएका छन। उक्त घटना बिहीबार राति करिब ७:४५ बजेतिर घटेको प्रहरीले बताएको छ । साथै घाइतेको अवस्था सामान्य रहेको समेत प्रहरीले जनाएको छ ।

मुख्य सडकको विभिन्न ठाउँ ठाउँमा खाल्डाखुल्डी हुँदा पनि समयमै मर्मत नहुदा यस्ता घटना दिनहुँ घटी रहने सर्वसाधारणको भनाइ रहेको छ । साथै यो घटना त एउटा प्रतिनिधि मुलक घटना मात्र हो ।