सोमबार , अषोज ४, २०७८

महिलाहरूलाई स्वस्थ बनाउछाै – अध्यक्ष पासि

पुष २३, २०७७ बिहिबार 35

महिलाहरूलाई स्वस्थ बनाउछाै – अध्यक्ष पासि

गुलरिया २३ पुस । गुलरिया नगरपालिकाकाे वडा नं ९ ले वडा भित्र रहेका महिलाहरूकाे पाठेघर सम्बन्धि समस्याकाे समाधानका लागि एक दिने सिविर सम्पन्न गरेकाे छ । वडा नं ९ ले आयाेजना गरेकाे स्वास्थ्य शिविरमा १ सय ७४ जनाले पाठेघर सम्बन्धि सेवा लियका छन भने उक्त शिविरमा १६ जना महिलाले परिवार नियाेजन सम्बन्धि सेवा लिएका छन ।उक्त शिविरकाे उद्घाटन गर्दै गुलरिया नगरपालिकाका उप प्रमुख शुशिला गिरिले महिलाहरूकाे पाठेघर सम्बन्धि समस्याले ठुलाे रूप लिएकाे र त्यसकाे समस्या समाधानमा वडाकाे सक्रियता सरहानिय रहेकाे बताउनु भयाे । कार्यक्रममा वडा नं९ का वडा अध्यक्ष हरि प्रसाद पासवानले ९ नं वडामा गरिव र बिपन्न परिवारका मानिसहरू बसाेबास गर्ने गरेकाे र उनिहरूकाे पहुच जिल्ला अस्पताल सम्म पनि नपुग्ने देखियकाले वडामेै शिविरकाे आयाेजना गरिएकाे बताउनु भयाे । शिविरमा प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्याैपाने, कार्यपालिका सदस्य बिनिता देवकाेटा, वडा सदस्य शाेभा गाेडिया, धना थारू र मधुरा हरद्वार सवास्थ्य चाैकिका प्रमुख कमल भट्टराईकाे समेत सहभागिता रहेकाे थियाे ।