भेरि नदिमा बस खस्याे बिस्तृत बिवरण आउन बाकि

सुर्खेत पौष २३ । दाङबाट रिजर्भ लिन सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटीहुँदै बोटेचौरबाट सल्लीबजार जादै गरेको बस गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको हो ।
नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको घटनास्थलमा रहेका गुर्भाकोट नगरपालिका–९ का वडाध्यक्ष शशिराम भट्टराईले जानकारी दिए । उनकाअनुसार बस नदीमा डुवेको छ । घाइतेकाे उद्दार गरेर उपचारकाे लागि मेहलकुना अस्पताल पठाइएकाे पनि भट्टराइकाे भनाइ छ । ‘कालिमाटीबाट रिजर्भ लिन सल्लीबजार जाँदै गरेको बस हो भन्ने जानकारी पाएको छु,’ वडाध्यक्ष भट्टराईले भने, ‘बसमा तीन जना मात्रै सवार रहेको र एक जना भेरी नदीमा वेपत्ता रहेको र उनको खोजी कार्यमा जुटेका छौं ।’ वडाध्यक्ष भट्टराईकाअनुसार बस नम्बर भने खुलेको छैन्