सोमबार , कार्तिक ८, २०७८

हामिहरू छिट्टै भुमिहिन सुकुम्बासिकाे समस्या समाधान गर्छाै – नगर प्रमुख यादव

पुष २३, २०७७ बिहिबार 37

हामिहरू छिट्टै भुमिहिन सुकुम्बासिकाे समस्या समाधान गर्छाै – नगर प्रमुख यादव

गुलरिया २३ पाैष । बर्दिया जिल्लाकाे गुलरिया नगरपालिकाले भुमिहिन सुकुम्बासिकाे समस्या समाधान गर्ने भएकाे छ । वर्दिया जिल्लाकाे गुलरिया नगरपालिकामा बिहिबार बसेकाे भुमिहिन सुकुम्बासिकाे समस्या समाधान सहजिकरण समितिकाे बैठकले तत्काल कार्यालय स्थापना गरि भुमिहिन सुकुम्बासिकाे समस्या समाधान गर्ने निर्णय गरे पछि समस्या समाधान हुनेमा आफुहरू बिश्वस्त रेहेकाे भुमिहिनहरूले बताएका छन । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले भुमिहिन सुकुम्बासिहरूकाे समस्या समाधान गर्न आफुहरू जसरि भए पनि लाग्ने प्रतिबद्वता ब्यक्त गर्दै नगरपालिका भित्रका भुमिहिनकाे समस्या समाधान हुनेमा ढुक्क हुन समेत आग्रह गर्नु भयाे । बिहिबार सम्पन्न  बैठकमा नेपाली काग्रेस नगर अध्यक्ष राजकुमार यादव, नेकपाका नगर अध्यक्ष काेलराजपुरि, जसपाका कृष्ण यादव, केशव यादव, प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्याैपाने, प्रशासन शाखा प्रमुख थिरनाथ कडेल, शाखा अधिकृत मुकुन्द अर्याल, राजस्व शाखा प्रमुख गंगाधर सिग्देलकाे सहभागिता रहेकाे थियाे ।