मंगलबार , अषोज ५, २०७८

गुलरिया नगरपालिकामा शारिरिक अशक्त भएकालाई सहायक सामाग्रि बितरण

पुष २१, २०७७ मंगलबार 34

गुलरिया नगरपालिकामा शारिरिक अशक्त भएकालाई सहायक सामाग्रि बितरण

बर्दिया २१ पुस । शारीरिक अपांगता भएका ब्यक्तिहरुको लागि बर्दियाको गुलरिया नगरपालिकामा आज निशुल्क सहायक सामाग्री बितरण गरिएको छ ।
शारीरिक अपांगता भएका ब्यक्तिहरुको लागि दैनिक जीवन यापनमा सहयोग पु्याउने उद्देश्यले आयोजना गरिएको सहायक सामाग्री बितरण शिबिरवाट २० जना लाभान्वित भएका हुन ।
गुलरिया नगरपालिकाको आयोजनामा , राष्ट्रिय अपांग पुनस्र्थापना समाज अनामनगर काठमाण्डौको सहयोगमा र बर्दिया अपांग पुनस्र्थापना केन्द«को समन्वयमा उत्त सहायक समाग्री बितरण गरिएको हो ।
गुलरिया नगरपािलकाको आयोजनामा , बर्दिया अपांग पुनस्र्थापना केन्द«को पहलमा राष्ट्रिय अपांग पुनस्र्थापना समाज अनामनगर काठमाण्डौको प्राबिधिक सहयोगमा २०७७ साल पौष ८ गते साहायक सामाग्रीको नाप जाचको शिबिर गरिएको महिला तथा बालबालिका शाखाले जनाइएको छ ।
नापजाच शिबिर वाट सिफारीस भएका मध्ये ८ जनाको लागि हाईड्रोलिग ट्राईसाईकल, १२ जनाको लागि ह्वील चियर बितरण गरिएको पुनस्र्थापना समाज काठमाण्डौका उपाध्यक्ष सुगम भट्टराईले जानकारी गराए । नाप जाँच तथा सामाग्री ढुवानी र सिबिर संचालनको तयारी ब्यबस्थापन गुलरिया नगरपालिकाले गरेको हो भने करिब १० लाख मुल्य बराबरको सहायक सामाग्री अमेरिकन सस्था एन .आर .एस.डि.ले निशुलक रुपमा उपलब्ध गराएको समाजका उपाध्यक्ष भट्टर्राले जानकारी गराउनु भयो । बितरण कार्यक्रमका प्रमुख अथिति गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादबले शारीरिक अपांगता भएका बालक रुपेश थारुलाई ह्वीलचियर प्रदान गर्दै अपांगताको सवालमा गुलरिया नगरपालिकाको ध्यानाकर्ष भएको बताउनु भयो । अपांगता भएका ब्यक्तिहरुको आर्थिक तथा सामाजिक बिकास सम्बन्धिका कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
नगर उपप्रमुख तथा अपांग परिचयपत्र बितरण समितिका संयोजक शुसिला गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने , बर्दिया अपांग पुनस्र्थापना केन्द्रका अध्यक्ष कृष्ण बहादर क्षेत्री , राष्ट्रिय अपांग पुनस्र्थापना समाजका प्राबिधिक , नगरपाकिलाका कर्मचारी लगाएतको सहभागिता रहेको महिला तथा बालबालिका शाखा प्रमुख शिला शाहले जानकारी दिनु भयो ।