समाचार

राष्ट्रपति बिरूद्व उत्श्रृंखल नाराबाजि गर्नेलाई कारबाहिकाे माग

काठमाडौं, १९ पुष । अखिल नेपाल महिला संघले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । नेकपा ओली पक्षको अनेमसंघले आइतबार गृहमन्त्री रामबहादुर थापालाई भेटेर विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गाली गलौज गर्नेहरुविरुद्ध कानुनी कारबाहीको माग गरेको हो ।

लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो बिचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानविय, अर्मयादित, अशोभनिय तथा अराजक अभिव्यक्ति आएको भन्दै अनेमसंघले आपत्ति जनाएको छ ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपति माथि अशोभनिय र अर्मयादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले सम्बन्धित निकायलाई छानबिन गरी कारबाही गर्ने निर्देशन दिएको पनि बताउनुभयो ।

पौष ५ गते प्रतिनिधि सभा विघटन भएसँगै विभिन्न राजनीतिक दलहरु आन्दोलित भएका छन् । आन्दोलनमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध नारावाजी हुने गरेको छ ।

Related Articles

Back to top button