सोमबार , मंग्सिर १३, २०७८

बर्दियाकाे ढाेढरिमा ल्याव सहितकाे स्वास्थ्य सेवा सञ्चालनमा

पुष १८, २०७७ शनिबार 91

बर्दियाकाे ढाेढरिमा ल्याव सहितकाे स्वास्थ्य सेवा सञ्चालनमा

बर्दिया १८ पुस । बिकासमा उल्लेखनिय सफलता हासिल गरेकाे मधुवन नगरपालिकाले स्वास्थ्यकाे क्षेत्रमा समेत सफलता हासिल गरेकाे छ । बर्दिया जिल्लाकाे अन्य पालिका भन्दा फरक दृष्टिकोणले अगाडि बढेकाे मधुवन नगरपालिकाले नगरपालिका क्षेत्र भित्रका ९ वटा वडाहरूमा यश अघिनै शहरि स्वास्थ्य क्लिनिक स्थापना गरि सकेकाे छ भने मधुवन नगरपालिकामा रहेकेा अस्पतालकाे समेत स्तराेन्नति गरेर नगरबासिलाई स्वास्थ्य सेवाका लागि सवैलाई तयार गरि रहेका समयमा नगरपालिकाले मधुवन नगरपालिकाकाे वडा नं ४ स्थित ढाेढरिमा स्वास्थ्य प्रयाेगशाला समेत प्रयाेगमा ल्याएकाे छ । बर्दियाको मधुवन नगरपालीकाको वडा नम्बर ४ ढोढरीमा ल्याब सहितको स्वास्थ्य चौकिको उदघाटन गरीएको छ । एक कार्यक्रमका बिच मधुवन नगरपालीकाका नगर प्रमुख गणेश बहादुर क्षेत्री कृष्णले ढोढरी स्वास्थ्य चौकिको उदघाटन गर्नु भएको हो । लामो समय देखी स्वास्थ्य चौकिमा ल्याब नहुदा बिरामीहरु मारमा परेका थिए । स्वास्थ्य चौकिमा ल्याब निर्माण भएसंगै स्थानीयबासीहरु समेत हर्षीत भएका छन । मधुवन नगरपालिका वडा नं ४ मा रहेकाे स्वास्थ्य चाैकिले ल्याब सेवा समेत उपलब्ध गराउने गरि सेवा सञ्चालन शुरू गरेकाे मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रिले बताउनु भयाे । उहाले भन्नु भयाे ल्याब सहितकाे सेवाले नगरबासिलाई अलिकती भए पनि राहत मिल्ने छ ।