समाचार

बर्दिया राष्ट्रिय निकुञ्जद्वारा पैदल यात्रु र माेटरसाईकल रातिमा यात्रा नगर्न आग्रह

ज्याेति पन्थि बर्दिया १८ पुस । बर्दिया जिल्ला अन्तर्गत पर्ने पुर्व पश्चिम राजमार्गकाे बर्दिया रमष्ट्रिय निकुञ्ज क्षेत्रमा रातिकाे समयमा आवत जावत गर्न निकुञ्ज प्रसासनले राेक लगायकाे छ । शुक्रबार राति माेटरसाईकलमा सवार एक महिला लाई पाटेबाघले तानेर हत्या गरे पछि शनिबार बर्दिया राष्ट्रिय निकुञ्जले एक सुचना जारि गर्दै राजमार्गकाे पुर्व पश्चिम सडक खण्डमा राति ८ बजे देखि बिहान ६ बजे सम्म पैदल यात्रि र माेटरसाईकलमा आवत जावत गर्न राेक लगायकाे हाे । निकुञ्जबाट जारि बिज्ञप्तिमा रातिकाे समयमा जंगलि जनावरहरू हिंसात्मक हुने भयकाले सर्वसाधारण पैदल यात्रू र माेटरसाईकललाई रातिकाे समयमा आवत जावत गर्न राेक लगाईएकाे छ ।

Related Articles

Back to top button