समाचार

सन २०२० मा माईति नेपाल

बर्दिया १६ पुस । मईति नेपाल नेपाल बर्दिया द्धारा मानब बेचबिखन तथा ओसारपसार बिरुद्धका क्रियाकलापहरु सन २०२० मा पनि बिभन्न कनर्यक्राहरू संञ्चालन भयका छन । सन् २०२० जनवरी देखी डिसेम्बर सम्म एक बर्षको अबधिमा नेपाल भारतको सिमा र आन्तरीक रुपमा देस भित्रै बिभिन्न हिंसामा परेका महिला बालबालिकालाई उद्धार एवं आवसिय परामर्श सेवा समेत ८३ जना लाई प्रदान गरिएको छ ।
यसै गरी भारतबाट १ जनालाई उद्धार गरी नेपाल ल्याइएको थियो । यो एक बर्षको अबधिमा खोजतलास तथा उदारका लागी ३७ वटा निवेदन परेको मा १९ जना फेला परेका थिए । भने जबरजस्ती करणी, उधोग का २२ वटा , मानब बेचबिखनका ३ वटा, घरेलु हिंसाका ४९ वटा घट्नामा पिडित प्रभावितलाई आवसिय परामर्श एवं कानुनी सहायता प्रदान गरिएको थियो ।
मानब बेचबिखन बिरुद्ध रोकथाम एवं जनचेतना मुलक कार्यक्रम अन्र्तगत बिभिन्न पालिका हरु सँग समन्वय र सहकार्य गर्दे पालिका एवं वडा स्तरीय अन्र्तरक्रिया, अभिमुखीकरण लगाएतका कार्यक्रमहरु गर्दे आइरहेको छ ।

Related Articles

Back to top button