सोमबार , अषोज ४, २०७८

कमैया जागरण समाजकाे कार्यक्रमले महिलाकाे जीवन सुधारिदै

पुष १६, २०७७ बिहिबार 28

कमैया जागरण समाजकाे कार्यक्रमले महिलाकाे जीवन सुधारिदै

बर्दिया १६ पुस । द महिला नेटवर्क परियाेजना अन्तर्गत कमैया महिला जागरण समाजकाे आयाेजनामा सिकाइ आदान प्रदान कार्यशाला कार्यक्रम गुलरियामा सम्पन्न भएकाे छ । एक्सन एड नेपालकाे सहयाेग र कमैया महिला जागरण समाजकाे आयाेजनामा सम्पन्न उक्त कार्यक्रममा कमैया महिला जागरण समाजले बासगढि नगरपालिका, बढैयाताल गाउपालिका, राजापुर नगरपालिका र गेरूवा गाउपालिका गरेकाे कामहरूकाे बारेमा सहभागिहरूलाई जानकारि गराएकाे थियाे । कमैया महिला जागरण समाजले बिगत ६ बर्ष देखि महिलाकाे आर्थिक स्तर उकास्नका लगि विभिन्न किसिमका काम गर्दे आई रहेकाे छ । समाजले बर्दियाका ४ स्थानिय तहमा २५ वटा कृषि समूह निर्माण गरेर ७ सय २६ जना महिलाहरूलाई आय स्तर बृद्विका लागि काम गर्दै आई रहेकाे छ । शुरूकाे समयमा गाउँ गाउमा गएर काम गर्न कठिन भएकाे भय पनि यति महिलाहरू आम्दानिका साथै कृषिमा लागेकाे देख्दा खुसि लागेकाे समाजका कर्मचारि कार्यक्रम संयाेजक जिरा बिकले बताउनु भयाे । कायर्क्रम लागू भयका पालिकाहरूमा हाल सम्म प्रत्येक सहकारिमा १ सय १० जना गरि २ वटा सहकारि समेत स्थापना भएकाे समाजले जनायकाे छ । परियाेजना अवधिमा ५ सय ६६ महिलहरू आय आय आर्जनमा संलग्न भयकाे समेत कमैया महिला जागरण समाजले जनायकाे छ । पहिला पहिला आफुहरूकाे आम्दानि नहुदा घर चलाउन समस्या हुने गरेकाे भए पनि समुहमा लागेर आज आफुहरू पनि सक्षम भएकाे राजापुर नगरपालिका २ कि मुक्त कमैया चिल्लि थारूले बताउनु भयाे । बर्दियाका चार स्थानिय तहमा कमैया महिला जागरण समाजले महिलाहरूकाे हक अधिकार सहित आर्थिक सवलिकरणमा समेत काम गर्दे आई रहेकाे छ ।