समाचार

“ब्यवसायिक यौनशोषण र मानब बेचबिखन रोक्न समुदाय स्तरमा सचेतना फैलाउनु पर्ने” मा जाेड

मुरली गोडिया बर्दिया १२ पुष महिला तथा बालबालिक लक्षित विभिन्न हिंसाहरु न्युनिकरणका लागी समुदाय स्तरमा सचेतना फैलाउनु पर्ने देखिएको छ । बालविवाह, महिला हिंसा, मानव बेचविखन, व्यवसयिक यौन शोषण लगायतका घटना न्युनिकरण गर्न समुदाय स्तरमा सचेताना फैलाउनु पर्ने देखिएको छ । बन्द कोठा र शहर बजार मुखी कार्यक्रम गर्नुको साटो यस्ता घटना न्युनिकरण गर्न सर्वप्रथम समाजमा सचेतनाका कार्यक्रमहरुमा तिव्रता दिनु पर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । मानव बेचविखन तथा ओसारपसार विरुद्ध विगत २८ वर्षदेखी काम गर्दै आएको संस्था माइती नेपालले गुलरियामा गरेको बालबालिकाहरुको व्यवसायिक यौनशोषण विरुद्ध सम्बन्धित सरोकारवाला निकायसंगको छलफलका सहभागीले यस्तोब बताएका हुन । बिधालय देखि समुदाय स्तर सम्म मानब बेचबिखन बिरुद्ध चेतना अभिबृद्धि गर्न सम्बन्धित सवैले प्रभाबकारी रुपमा भुमिका खेल्नु पर्ने बदियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनु भयो । बर्दिया जिल्लाको ८३ किलोमिटर भुमि खुल्ला सिमाना भएका कारण बेचबिखन बढेको र मानब बेचबिखनमा शुन्य सहनशिलता अपनाई सवैजनालाग्नु पर्ने उहाँको भनाई थियो । पहुँच नपुगेका कारण धेरै समस्या बाहिर नआएको उल्लेख गर्दै वहाँले देशब्यापी रुपमा देखीएको समस्या बर्दियामा पनि ब्यापक रहेकाले यसतर्फ स्थानिय नागरिक,स्थानिय सरकार, संघसंस्था सवै लाग्नुपर्ने बताउनु भयो ।
गुलरीया नगरपालिकाकी उपप्रमुख शुशीलागिरीले ब्यबसायीक यौन शोषण एवं मानब बेचबिखन बिरुद्ध गुलरीया नगरपालिकाले निति तथा कार्यक्रम तर्जुमा गरी वडा स्तरसम्म लैजाने बताउनु भयो । महिला तथा बालबालिकाका क्षेत्रमा देखिएको समास्या समाधान गर्न स्थानिय सरकार प्रतिबद्ध रहेको बताउनु भयो । स्थानिय सरकारले विभिन्न हिंसा न्युनिकरणका लागी समुदाय स्तरमा सचेतनाका कार्यक्रम लग्दा सवै सरोकारवालहरु संग सहयोगका अवश्यकता रहेको औंल्याउनु भयो । बर्दियाका प्रहरी प्रमुख केदार रजौरेले मानब बेचबिखन बिरुद्ध, महिला हिंसा तथा अन्य हिंसा रोक्न जिल्लाका पालिकाहरु समुहहरु निर्माण गरी न्युनिकरणका लागी अभियान चलाउनु पर्ने बताउनु भयो । माइती नेपाल बर्दियाले अयोजना गरेको बालबालिकाहरुको व्यवसायिक यौनशोषण विरुद्ध सम्बन्धित सरोकारवाला निकायसंगको परामर्श तथा छलफल कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावत, पत्रकार महासघका बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धिताल, नेपाल बार एशोसीयनका अध्यक्ष काशीराम चौधरी, शिक्षक, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले गर्नु भएको थियो ।

Related Articles

Back to top button