सोमबार , अषोज ४, २०७८

रूकुम पश्चिममा ट्राफिक प्रहरी सक्रिय,राजस्व असुलि समेत बढ्याे

पुष १०, २०७७ शुक्रबार 32

रूकुम पश्चिममा ट्राफिक प्रहरी सक्रिय,राजस्व असुलि समेत बढ्याे

मनाेज डाँगी /रुकुम पश्चिम १० पौष । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले नियम बिपरित चलेका सवारी साधन बाट शुक्रबार मात्रै तेत्तीस हजार पाच सय राजश्व संकलन गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले शुक्रबार ३३ वटा सवारी साधनलाई कार्वाही गरेको थियो । शुक्रबार विभिन्न ठाउँमा गरेको छड्के चेकजाँचका क्रममा सिम्लि छिङखेत ,खलंगा बजार लगाएतका ठाँउमा चेक गर्दा ३३ वटा सवारी साधन कार्वाही परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमका ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक लक्ष्मण बिकले बताए ।

साथै उक्त कार्वाही बाट शुक्रबार तेत्तीस हजार पाच सय राजश्व संकलन भएको पनि विकले जानकारी दिए । लाइसेन्स बिल बुक नलिई लापरबाही गरि चलाएका १ वटा ट्याक्टर बाट १ हजार जिप ४ वटा बाट ४ हजार ,२७ वटा माेटरसाइकल बाट २७ हजार पाच सय,र १ वटा ट्रक बाट १ हजार जरिवाना स्वरुप राजस्व संकलन गरिएको ट्राफिकले जनाएको छ । लाइसेन्स , बिल बुक लगाएतका कागज पत्र नबोक्ने, लापरवाही गरि चलाउने, क्षमता भन्दा बढी यात्रु बोक्ने र अनैतिक कियाकलाप ले चलाएका सवारी साधनलाई कारवाही गरीएको ट्राफिक प्रमुख बिकले बताए जिल्लामा सवारी साधन चेकिङ्लाइ नियमि रूपमा चेकजाँच हुर्दै आएको छ ।

यसको लागि ट्राफिक कार्यालय रुकुम पश्चिमले बेला बेला जनचेतनामूलक कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ । जिल्ला अहिले पछिल्लो समयमा ट्राफिक चेकिङलाई तिब्रता दिदै आइरहेको छ ।