सोमबार , अषोज ४, २०७८

सुर्खेत ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ६ जना प्रहरी नियन्त्रणमा

पुष ८, २०७७ बुधबार 21

सुर्खेत ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ६ जना प्रहरी नियन्त्रणमा

सुर्खेत,८ पुष । ट्राफिक प्रहरीहरुलाइ आर्थिक प्रलोभनमा पार्न खोज्ने ६ जना सुर्खेत ट्राफिक प्रहरीले पक्राउ गरेको छ । मंगलबार सुर्खेत भेरीगंगा न.पा. वडा नं. १३ भेरीपुल स्थित सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा ट्राफिक नियम उल्लङघन गर्ने सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत कारवाही गर्न खोज्दा ६ जना सवारी चालक सह- चालकहरुले ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पारी नगद रकम दिन खोजने ६ जनालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले प्रकाउ गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यका अनुसार पक्राउ पर्नेमा कैलालीका बिबेक सिंह,अर्घाखाँचीका कमल पुन,चितवनका कृष्ण बहादुर नेपाली,बाँकेका सुनिल विश्वकर्मा,बाँकेकै प्रमोद बि.क र सुर्खेतका कमल रजा रहेको ट्राफिक प्रमुख आचार्य भनाइ छ । पक्राउ परेका ६ जनालाई कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाईएको ट्राफिक प्रमुख आचार्य बताएका छ्न । यस्ता ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन देखाउने जोकोहीलाई पनि कडा कदमका साथ कारबाही गरिने ट्राफिक प्रमुख आचार्य भनाई छ ।