पठाओ चालकले बुझाए ११ बुदे ज्ञपनपत्र
काठमाडौं, ८ पुष । पठाओ चालकहरूले आपूmहरूबाट लिइँदै आएको कमिशन घटाउनुपर्ने सहितका ११ बुँदे माग राइड शेयरिङ कम्पनी पठाओलाई बुझाएका छन् । उनीहरूले आफ्ना माग पूरा नभए राइड नै बन्द गर्ने चेतावनी कम्पनीलाई दिएका छन् ।
सोमवार ७५ जना चालकले कम्पनीमा संयुक्त मागपत्र बुझाएका हुन् । हाल कम्पनीले चालकबाट प्रतियात्रु २० प्रतिशत कमिशन लिने गरेको छ । उक्त कमिशन ८ प्रतिशत वा सोभन्दा कम गर्नुपर्ने माग उनीहरूको छ ।
यस्तै, अनिवार्य रूपमा चालकको बीमा गर्नुपर्ने, निलम्बन गर्नुपूर्व जानकारी गराउनुपर्ने, आपूmहरूको गुनासो सुन्नुपर्ने, यात्रुको अनुरोध अस्वीकार गर्न पाउनुपर्ने लगायत माग राखेका छन् । यात्रुको माग÷गुनासो सुनेर सोअनुसार आफूहरूलाई कम्पनीले कारबाही गर्ने गरेको गुनासो उनीहरूको छ । कम्पनीको नियमअनुसार चालकको अनुरोध स्वीकार गरिसकेपछि बीचैमा स्थगित गर्न मिल्दैन । यसले चालकलाई अप्ठ्यारोमा पारेको तर्क पठाओ चालक दावा तामाङले बताए । उनले भने, ‘हामीले कम्पनीलाई मागपत्र बुझाएका छौं, माग सम्बोधन नभए संयुक्त रूपमा राइड नै बन्द गर्छौं ।’
आपूmहरूले माग पूरा नभएसम्मका लागि स्वतःस्फूर्त रूपमा राइड बन्द गरिसकेको पठाओ चालक विपीन गिरीले बताए । उनका अनुसार अरू राइडरलाई पनि माग पूरा नभएसम्मका लागि पठाओ राइडिङ बन्द गर्न अनुरोध गरिएको छ । यद्यपि, केही चालकले भने उक्त अनुरोध अस्वीकार गरी यथास्थितिमा पठाओ चलाइरहेका छन् । मंगलवार राइडरहरूले कम्पनीमा आई मागपत्र बुझाएकोमा यसको छलफल अघि बढाइएको पठाओ सञ्चालक शशांक थापाले बताए । चालकले उठाएका जायज माग पूरा गर्नेगरी बोर्डमा छलफल थालिएको जानकारी उनले दिए । यो खबर आजको आर्थिक अभियन दैनिकमा छापिएको छ ।