Friday, October 30सुदुर मिडिया द्वारा संचालित
Shadow

युक्ति महाबिधालयमा अनुशिक्षण प्रशिक्षण कार्यक्रम प्रस्तुत गर्दै प्रहरी निरीक्षक दिवाकर रिजाल

काठमाडौ असोज २५

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश-२०७७ सार्वजनिक गरे संगै विभिन्न प्रहरी कार्यालयमा अनुशिक्षण कार्यक्रम प्रदान गरिन थालिएको छ।

प्रहरी युक्ति महाबिधालय जर्गाह नवलपरासीमा आज मिती २०७७ असोज २५ गते “नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश – २०७७” अनुशिक्षण यस महाविद्यालयका प्रहरी उपरीक्षक वीर बहादुर वलीको प्रमुख आतिथ्यमा यसै महाबिधालयका प्रहरी निरिक्षक दिवाकर रिजाल ज्यु बाट महाबिधालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुमा प्रशिक्षण कार्यक्रम प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा यस प्रहरी युक्ति तालिम महाविद्यालयका प्र.उ बिर बहादुर वली ,प्र.ना.उ नवीन किशोर प्रधान ,प्र.नि भरतराज गिरी ,प्र.नि देवराज पौडेल साथै सम्पुर्ण प्र.ना.नि ,प्र.स.नि ,प्र.ह,प्र.ज तथा कार्यालय सहयोगीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रहरी निरीक्षक दिवाकर रिजालले प्रस्तुत निर्माण भएको कार्यादेशले कर्मचारीहरुलाई सहि मार्गमा लैजान दूरगामी रुपमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो । प्रस्तुत कार्यादेशको फलोअप गर्दै अक्षरंश पालना गर्दै जानुपर्नेमा जोड दिँदै उहाँले प्रहरीको छविलाई थप राम्रो बनाउन मद्दत प्रहरी कर्मचारीहरु व्यावसायिक हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्तिममा प्र.उ ज्यूबाट प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन तथा सम्बोधन ब्यक्त गर्नु भएको थियो।