सोमबार , कार्तिक १, २०७८

गुलरिया वडा नं ५ ले गर्याे बिध्यालयलाई स्वास्थ्य समाग्रि सहयाेग

पुष ८, २०७७ बुधबार 44

गुलरिया वडा नं ५ ले गर्याे बिध्यालयलाई स्वास्थ्य समाग्रि सहयाेग

बर्दिया ८ पुस । गुलरिया नगरपालिका वडा नं ५ अन्तर्गतका बिध्यालयहरूमा स्वास्थ्य सामाग्रि बितरण गरिएकाे छ । गुलरिया नगरपालिका वडा नं ५ ले वडा नं ५ अन्तर्गत पर्ने बालमन्दिर प्रा.बि , नेपाल राष्ट्रिय आधारभुत बिधालय सोहेलवा र शान्ती प्रा. बि. बालापुर मा अध्यनरत बिद्यार्थी तथा शिक्षकहरु लाई माक्स र सिनिटाइजर बितरण गरेकाे हाे ।
स्वस्थ्य मापदण्ड लाई ख्याल गर्दै प्रती बिधालयको बिद्यार्थी र शिक्षककाे संख्या हेरि प्रती ब्यक्ति २ थान कपडाको माक्स र प्रती बिधालय लाई ५- ५ लिटर जेल युक्त सिनिटाइजर बितरण गरिएको ५ नं वडाका वडा सदस्य युवराज श्रेष्टले बताउनु भयाे । पछिल्लाे समय काेराेना कहरका बाबजुद पनि बिध्यालय खुलेका कारण बालबालिका र शिक्षकहरूमा काेराेना संक्रमण फैलन नदिन स्वास्थ्य सामाग्रि बितरण गरिएकाे वडा नं ५ का वडा अध्यक्ष साबित्रा गाैतमले बताउनु भयाे ।