समाचार

नेपाल राष्ट्रिय मा.बि.मा सरस्वति मन्दिर निर्माण शुरू

बर्दिया ६ पुस । गुलरिया नगरपालिकाकाे वडा नं १० काे नेपाल राष्ट्रिय माध्यमिक बिध्यालयमा सरस्वति मन्दिर निर्माण हुने भएकाे छ । गुलरिया नगरपालिका वडा नं १० मा रहेकाे साे बिध्यालयमा सरस्वति भगवानकाे मन्दिर नहुदा सरस्वति पुजाकाे दिन समेत बिध्यार्थिलाई समेत समस्या हुने गरेकाे र वडाबासिहरूले समेत पटक पटक मन्दिर निर्माणका लागि सहयाेग गर्न अनुराेध गरेका कारण यश बर्षकाे याेजनामानै राखेर मन्दिर निर्माण शुरू गरिएकाे गुलरिया नगरपालिका वडा नं १० का वडा अध्यक्ष बिरेन्द्र चाैधरिले बताउनु भयाे ।

२०१२ सालमा स्थापना भएकाे बिध्यालयमा यश बर्ष सरस्वति मन्दिर निर्माण हुने भए पछि साेमबार गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव र १० नं वडाका वडा अध्ययक्ष बिरेन्द्र चाैधरिले संयुक्त रूपमा  शिलान्यास गर्नु भएकाे छ ।मन्दिरकाे सिलान्यास गर्दै गुलरिया नगरपालिकाका नगर प्रमुुुख मुक्तिनाथ यादवले नं १० ले बिध्यालयकाे क्षेत्रमा समेत उल्लेखनिय काम गरेकाे वताउदै वडा नं १० का वडा अध्यक्ष सहित सवैलाई धन्यवाद दिनु भयाे । लामाे समय पछि पुरानाे बिध्यालयमा सरस्वति मन्दिर निर्माण शुरू गरिए पछि बिध्यार्थि र अभिभावक समेत खुसि देखिएका छन ।

Related Articles

Back to top button