समाचार

संघिय संसद अधिवेशन तत्काल बाेलाउन कांग्रेस र जसपाकाे माग

काठमाडौं, ४ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो गतिविधि र त्यसबाट पर्नसक्ने असरलाई मध्यनजर गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले तत्काल संघीय संसदको अधिवेशन बोलाउन माग गरेका छन् ।

शनिबार (आज) कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दुई दलका शीर्ष नेताहरुबीच भएको छलफलले संघीय संसदको अधिवेशन बोलाउन माग गरेको हो ।

शनिबार भएको उक्त छलफलमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र डा मिनेन्द्र रिजाल तथा जसपाबाट कार्यकारी अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतोलगायत सहभागी थिए ।

देउवासँगको उक्त छलफलमा जसपाका शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीले ल्याएका संबैधानिक परिषद् सम्बन्धी विवादास्पद अध्यादेशप्रति असन्तुष्टि पोखेका थिए । साथै उनीहरुले उक्त अध्यादेशविरुद्ध प्रतिपक्षी दलहरु एक ठाउँमा उभिनुपर्ने बताएका थिए ।

Related Articles

Back to top button