मंगलबार , अषोज ५, २०७८

जब बालक दुर्घ’टनामा मृ’त्यु भएपछि आँपको बागैचामा पातले छोपेर भागेको खुल्यो

पुष ३, २०७७ शुक्रबार 25

जब बालक दुर्घ’टनामा मृ’त्यु भएपछि आँपको बागैचामा पातले छोपेर भागेको खुल्यो

 

 

 

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ स्थित आँपको बागैचामा छोपिएको अवस्थामा एक बालक आज मृत भेटिएका छन् । स्थानीयवासी रोहित मुखियाका पाँच वर्षीय छोरा आनन्दको ला’श छोपिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताउनुभयो । खेल्न निस्केका बालक घर नफर्किएपछि बिहीबार वेलुका ९ः०० बजेतिर प्रहरीमा खबर गरिएको थियो ।

प्रहरी नायब उपरीक्षक साहका अनुसार ट्रयाक्टर दुर्घ’टनामा बालकको मृ’त्यु भएपछि चालकले ला’श आँपको बाँगैचामा पातले छोपेर लुकाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स १ त ७७५२ नम्बरको ट्रयाक्टरबाट बालकको मृ’त्यु भएको प्रहरीले जनाएको छ । चालक फ’रार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीको राजविराज नगरपालिका वडा नं १६ बोरियामा आज आग’लागीमा परेर एक वृद्धको मृ’त्यु भएको छ । स्थानीयवासी ८५ वर्षीय झलाही यादवको गोठमा सुतेको अवस्थामा अचानक विद्युत् सर्ट भई आग’लागी भएको थियो ।

गोठमा आग’लागी हुँदा सोही गोठमा सुतिरहेका यादवको घ’टनास्थलमा नै मृ’त्यु भएको प्रहरीले जनाएको छ । राजविराजबाट गएको बारुण यन्त्र र स्थानीयवासीको सहयोगमा आगो निय’न्त्रणमा लिइएको थियो । सो आग’लागीबाट अन्नपात, लताकपडासहित करिब रु एक लाख बराबरको क्ष’ति भएको प्रहरीले जनाएको छ