समाचार

राष्ट्रपति बिरूद्व सर्वाेच्चमा मुद्वा दायर

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

भण्डारीले जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन) अध्यादेश २०७७ बदर हुनुपर्ने माग रिटमा गरिएको छ ।

मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी थिइन् । अध्यादेशविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले बुधवार रिट दायर गरेका हुन् ।          रिटमा अध्यादेशका प्रावधान र त्यसका आधारमा भएका नियुक्ति बदर गरिदिन माग गरिएको छ । रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद् लगायतलाई विपक्षी बनाइएको छ ।

Related Articles

Back to top button