समाचार

राधाकृष्ण बचतद्वारा बिध्यालयलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण

ठाकुरबाबा १ मंशिर । भुरिगाउँमा केन्द्रीय कार्यालय रहेको हाम्राे मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार एक कार्यक्रमका विच काेविड-१९ प्रतिकार्यका लागि हातधुने सामग्री वितरण गरेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको काेराेना भाईरसका कारण देशमा गरिएको लकडाउन पश्चात शिक्षण संस्थाहरू खुलेकाले विद्यार्थीहरूलाई हात धुुन सजिलो हाेस भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व महसुस गरि संस्थाकाे विद्यालयमा हाम्रो मध्यवर्ती कार्यक्रम अन्तर्गत ठाकुरबाबा नगरपालिका भित्रका सबै २६ वटा सामुदायिक र १४ वटा संस्थागत गरि ४० वटा विद्यालयलाई ६२ थान टुटि जडित हातधुने बाल्टिन र ६२ दर्जन हातधुने साबुन वितरण गरिएको संस्थाका अध्यक्ष नवराज न्याैपानेले वताउनु भयो । हात धुने सामग्री हस्तान्तरणबाट ४० वटा विद्यालयका करिब १६ हजार बालबालिकालाई हातधुन र हात धाेएका कारण काेविड १९ लगायतका राेगवाट बच्न र स्वस्थ रहन सहयोग पुग्नेछ । त्यसैगरी बिद्यालयकाे स्राेत अभावमा स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापन गर्न नसकेका विद्यालयहरूलाई ठूलाे सहयोग पुग्ने संस्थाका सल्लाहकार समिति संयोजक एवम् नेपाल रेडक्रस साेसाईटी,ठाकुरबाबाका सभापति यज्ञप्रसाद नेपालले वताउनु भयाे । यसैगरी कार्यक्रममा चुरे माध्यमिक विद्यालय,वगनाहाका प्रधानाध्यापक बालकृष्ण अाचार्य र कर्णाली अावासिय माध्यमिक विद्यालय,भुरिगाउँका प्रिन्सिपल सुदर्शन पन्थीले बिपतकाे समयमा उदाहरणीय कार्य गरेकोमा संस्थाप्रति विद्यालयहरूकाे तर्फबाट धन्यवाद व्यक्त गर्नु भयो । संस्थाका अध्यक्ष नवराज न्याैपानेकाे अध्यक्षतामा संचालित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दुर्गा सापकोटाले स्वागत र संचालन प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर थापाले गर्नु भएको थियोे । विगतमा ठाकुरबाबा नगपालिका मात्र कार्यक्षेत्र रहेकोमा हाल बर्दिया जिल्लाका ठाकुरबाबा सहित मधुवन,राजापुर,गेरूवा,बारबर्दिया र बाँसगढी ५ वटा पालिकाहरूमा कार्यक्षेत्र विस्तार भएको साथै हालै लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारीको रूपमा पुरस्कृत हाम्रो मध्यवर्ती राधाकृष्ण साकाेसले विगत बर्षहरूदेखि नैं विद्यालयमा हाम्रो मध्यवर्ती कार्यक्रम अन्तर्गत सेनिटरी प्याड तथा प्राथमिक उपचार सामग्री एवम् रनिङ शिल्डमा सहभागी खेलाडीहरूलाई पाेसाक(जर्सी) वितरण गर्नुका साथै SEE मा सर्वाेत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई पुरस्कृत गर्दै अाएकाे थियोे ।

Related Articles

Back to top button