नगरस्तरिय बाल अधिकार संरक्षण समितिको बैठक सम्पन्न

बर्दिया १ पाैष । गते बर्दियाको बारबर्दिया नगरपालिकामा नगरस्तरिय बालअधिकार संरक्षण समितिको नियमित बैठक सम्पन्न भएको छ ।
प्लान ईन्टरनेशनल नेपाल र बांके युनेष्को क्लबको आयोजनामा समितीको संयोजक तथा बारबर्दिया न.पा. उप–प्रमुख अन्जु दहितको अध्यक्षतामा उक्त बैठक बसेको थियो ।
बालअधिकार समितीका पदाधिकारीहरुसँग बसेको नियमित बैठकले ३ वटा प्रस्तावहरु राखि ती प्रस्ताव माथि छलफल गरी निर्णय समेत गरेको छ ।
प्रस्ताव नं. १ मा रहेको बाल उद्धार कोष सन्चालन सम्बन्धमा छलफल गरी बैठकले कार्य विधि २०७७ को बुँदा १२ अनुसार नगरस्तरिय बालअधिकार समितिले तोकेको व्यक्तिहरु बालअधिकार समिती संयोजक अन्जु दहित, सदस्य निरञ्जन कुमार चौधरी र सदस्स सचिव उषा पुनको संयुक्त हस्ताक्षरमा खाता खोल्ने निर्णय गरेको छ । उल्लेखित व्यक्तिहरुमा सदस्य सचिवको अनिवार्य र २ जना मध्ये १ जनाको दस्तखत रहने समेत जनाईएको छ ।
त्यसै गरी प्रस्ताव नं. २ मा रहेको रिक्त सदस्य थप गर्ने सम्बन्धमा छलफल गरी समितीको सदस्य बारबर्दिया न.पा.वडा नं. ३ का अध्यक्षको मृत्यु भई रिक्त रहेको स्थानमा कार्य वाहक अध्यक्ष लक्ष्मी घर्तिलाई समितीको सदस्यमा चयन गर्ने निर्णय गरिएको छ । यसै गरी प्रस्ताव नं. ३ मा रहेको विविध सम्बन्धमा छलफल गरी सो बैठकले बाल उद्धार कोषलाई बृद्धि गर्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरु संग अनुरोध गर्ने निर्णय गरेको छ ।
सो बैठकमा पदाधिकारीहरु सहित बारबर्दिया न.पा.का प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, नगर प्रवक्ता दुर्गा बहादुर वि.क., आ.वि.प्रमुख कृष्ण प्रसाद गौतम लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal