सोमबार , कार्तिक १, २०७८

नेपाल राष्ट्रिय माध्यमिक बिध्यालयकाे अन्तर्कृया सम्पन्न सम्पन्न

मंग्सिर ३०, २०७७ मंगलबार 42

नेपाल राष्ट्रिय माध्यमिक बिध्यालयकाे अन्तर्कृया सम्पन्न सम्पन्न

हरिवंश पाण्डे, ठाकुरद्धारा २९ मंशिर । यसै वर्ष माध्यामिक तह स्विकृत प्राप्त ठाकुरबाबा नगरपालिका वार्ड नं. ९ ठाकुरद्धारा बेतहनि अवस्थित श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयले यहि मंसिर २९ गतेका दिन विद्यालयको प्राङ्गणमा विद्यालयको समग्र आर्थिक भौतिक तथा शैक्षिक विकासका लागि सर्वदलिय सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
ठाकुरबाबा नगरपालिका नगर प्रमुख श्री घन नारायण श्रेष्ठ प्रमूख अतिथि रहनु भएको कार्यक्रमको सभाधाक्ष्यमा ठाकुरबाबा नगरपालिका वार्ड नं. ९ का वार्ड अधक्ष्य तथा विद्यालय व्यवस्थापन समितिका अधक्ष्य राधा चौधरी रहनु भएको थियो । अतिथिहरुमा कार्यकारी प्रमुख रामहरि रिजाल, वार्ड सदस्यहरु, स्थानिय राजनैतिक दलका प्रतिनिधि, विभिन्न स्थानिय संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, पुर्व विद्यालय व्यवस्तापन समितिका अधक्ष्यहरु, पुर्व शिक्षकहरु, वड्घरहरु, सामुदायिक बनका अधक्ष्यहरु, निर्माण व्यवसायि, व्यापारीहरु रहनु भएको थियो भने कार्यक्रम संचालन विद्यालयका शिक्षक श्री हरिवंश पाण्डे गर्नुभएको थियो ।
खुल्ला छलफल कार्यक्रम आयोजना गरिएकोले सम्पुर्णलाई आप्नो सल्लाह सुझाव सहयोग लगाएतका भनाइ राख्न अनुरोध गरिएको थियो । जस अनुरुप आप्नो सल्लाह सुझाव सहित विद्यालयका पुर्व अधक्ष्य रामकृष्ण चौधरीले नगद रु ५ हजार, थारु होम रिसोर्टका संचालक मोहन चौधरीले प्रत्येक वर्षको इन्टरनेट शुल्क र रु ३० हजारको चेक, पर्या पर्यटन विकास मञ्चका अधक्ष्य कृष्ण प्रसाद भट्टराईले संस्थागत रुपमा भविष्यमा २ लाख सहयोग गर्ने जानकारी गराउनु भयो । उज्यालो नेपालका अधक्ष्य तथा बर्दिया राष्टिय निकुञ्जका पुर्व प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले व्यक्तिगत रु १० हजार र संस्थागत रु १५ हजार गरि जम्मा रु २५ हजार, स्थानिय संरक्षण अभियान्ता राम बहादुर शाहिले नगद रु १० हजार र अन्य बैदेशिक सहयोग, रेडियो टाईगरका प्रबन्ध निर्देशक भाबुक योगीले २ वर्ष सम्म विद्यालयको सप्पुर्ण सुचना संन्देश निशुल्क बजाइ दिने, सहयोग सहित आप्नो सल्लाह सुझाव राख्नु भएको थियो । विद्यालय लाई यस कार्यक्रम अघि नै रुद्र खड्का रु ११ हजार पाँच, विना भट्टराई र कृष्ण भट्टराइ रु १२ हजार एक, गोविन्द भण्डारी रु ११ हजार, नेत्रराज आचार्य रु १० हजार, बेतहनि बन रु १५ हजार, महिला बातावरण उप समिति रु ५ हजार, बेतहनि गाँउ किसान रु ८ हजार नगद सहयोग गर्नु भएको थियो । रमेश थापा, हेमन्त आचार्य, किवानिज क्लव, रामकृष्ण चौधरी ज्युले स्वस्थ्य संग सम्बन्धित मास्क, सेनिटाइजर, थर्मनगन, फेससिल लगाएतका सामाग्रि उपलब्ध गराउनु भएको थियो ।
कार्यक्रमा आप्नो मन्तव्य राख्दै नगरपालिकाका प्रमुख कार्यकारी प्रमुखले तल्लो कक्षामा विद्यार्थि संख्या बृद्धि, शैक्षिक गुणस्तरमा अझ विशेष जोड दिनुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख घन नारायण श्रेष्ठले विद्यालयको चौतर्फि विकासका लागि आफु प्रतिबद्ध रहेको र विद्यालयलाई आवश्यक आर्थिक, भौतिक र जनशक्ति लगाएतको व्यवस्थापनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने भनाई राख्नु भएको थियो । नगर प्रमुख ज्यूले यहि कार्यक्रमको साथमा विद्यालयमा अध्यनरत बालिकाहरुलाइ सेनेटरी प्याड पनि वितरण गर्नु भएको थियो ।
कार्यक्रमका सभा अधक्ष्य तथा विद्यालय व्यवस्थापन समितिका अधइक्ष्य राधा चौधरीले कार्यक्रमाको निमन्त्रणलाई स्विकार गदै उपस्थित हुनु भएका र सहयोग गर्ने सम्पुर्णलाइ धन्यबाद दिदै आगामि दिनमा सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापन भएको जानकारी गराउनु भएको थियो ।