सोमबार , अषोज ४, २०७८

तिनजना स-साना बालिकाको ज्या´न गयो ,निस्कन खोज्दाखोज्दै निस्किनै सकेनन्

मंग्सिर २८, २०७७ आइतबार 37

तिनजना स-साना बालिकाको ज्या´न गयो ,निस्कन खोज्दाखोज्दै निस्किनै सकेनन्

तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ६ सुदापमा पोखरीमा डुबेर तीन जना बालिकाको ज्या´न गएको छ ।

स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालिकाको ज्या´न गएको छथर गाउँपालिकाका अधयक्ष सन्तवीर लिम्बुले जानकारी दिनुभयो ।

वडा नम्बर ६ की कोपिला लिम्बुका छोरीहरू ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बुकी आठ वर्षीया छोरी सुहानाको ज्या´न गएको अध्यक्ष लिम्बुले जानकारी दिनुभयो । हिजो दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा श´व भेटिएको उहाँले बताउनुभयो​ ।

मृ´त आत्माको चिरशान्ति सहित सोकाकुल परिवारजनमा गहिरो समवेदना,परिवारमा धैर्य धारण गर्ने शक्ति इश्वरले प्रदान गरून् ।

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो।

।हार्दिक श्रद्धाञ्जली ।