Friday, October 30सुदुर मिडिया द्वारा संचालित
Shadow

ब्यथा भित्रकाे कथा

रुकुम पश्चिम असोज २५ गोपाल सिंह खड्का
सबै मानिस अामाकाे काेखमा नाै महिना बिताएर जन्मिएको हुन्छ । ताते ताते गर्दै हुर्कन्छ ।साना काेपिला फुर्कदै फूल बने झै गाउँ समाज घुल्दै मिल्दै बृद्धअबश्था पुगेर मर्छ ।

एउटै घरकाे छानाे भित्र एउटै भान्छामा खाना खान्छ हाे त्यहि उसकाे परिवार हाे।दुख अनि सुख त्यसकाे परिवारकाे हातमा हुन्छ ।परिवार भित्रकाे ताताे घाउ सेलाउन नपाउदै कठघरामा अपराध गरे झै बनाउन समाजका केही तत्वकाे दुस प्रयास देखिन्छ । समाज भित्र जन्मेर नमर्नेअपार व्यक्ति अपार शक्ति बाेकेकाे काे पाे हुन्छ ? र त्याे त हेर्दै गए समयले बताउने नै छ।

कुनै गाउँमा एउटा गाेपाल नाम गरेकाे बालक बस्दथ्याे ।उसकाे परिवारमा उ सात बर्षकाे हुदाँ उसकी अामाकाे देवसान भयाे ।उ पढ्दै लेख्दै गर्न नजिकैकाे प्राथमिक विद्यालयमा जान्थ्याे ।घरमा उसका बुबा र उ मात्र बस्थ्याे।उसकी दुई दिदीकाे बिहे भई सकेकाे थियाे । उ बुवाकाे सहयाेगीकाे रुपमा काम गर्दै पढ्न विद्यालय जान्थ्याे ।उसकाे धेरै मिल्ने साथी हिराबहादुर अाेली मिनबहादुर अाेली थिए ।बालक कालमा अामाकाे माया नपाएको टुहुराे बालकलाई हेला गर्नेहरुकाे कमि थिएन् ।जसले हेला गर्छ उसलाई पिटेर कायम बनाउने काम हिराबहादुरले गर्दथे ।यसरी कक्षा ५ सम्मकाे पढाइ सकेर उ र उसका साथीबाट अलग अलग स्कुल पढ्न गए ।उसका साथीहरु पढ्न हिमालय मा वि खाेलागाँउ चाैफा गए भने उ सरस्वती मा वि अर्माडाँडा अर्मा गयाे ।

 

समय बित्दै गयाे साथीहरु पढ्न लेखन व्यस्त भए उ भने घरायसी काममा दुख कष्ट काट्दै बिहान बेलुका घरमा घाँस काट्ने पानी ल्याउने दाउरा बनाउने लगाएत घरायसी काम गरेर स्कुल जान्थ्याे ।यसरी ३ कक्षामा पढ्दै गरेकाे बालक कि अामा बितेकाे ७ बर्ष पछि उसकाे बिहे भयाे ।घरमा उसकाे बुवा उ र उसकी सानी श्रीमती सँगै बस्न थाल्याे ।समाजमा सहयाेग गर्नेहरु धेरै काेहि पनि थिएनन् ।समाजमा बिहे गरेकाे देखेर उसलाई अब जाेई टिङरे जाेईका पछि लाग्ने अब त पढ्न छाड्छ कालापार जान्छ यसकाे के प्रगति हाेला र भन्न थाले याे कुरा उसकी श्रीमतिलाई थाहा भयाे जसरी पनि अाफ्नाे श्रीमानकाे पढाइमा सहयाेग गरेर जागिर खुवाउने कहर उसमा भयाे ।

दृढ ईच्छा शक्ति र घरकाे चिन्ता चासाेलाई बाेकेर उ पढ्न भने छाेडेन् बरु उसलाई लखट्ने बाटाेमा धम्काउने रुख भिर चढाउने उसलाई बाध्यता बनाउने व्यक्तिले पढाइ छाडेर कालापार जान लागे उ भने पढ्नमा निरन्तर लागि रहयाे । उ जेनतेन सकि नसकि एल एल सी पास गर्याे र त्यहि अाफुले पढेकाे स्कुलमै (१००० )एक हजार रुपैयाकाे मास्टर (शिक्षक) बन्याे ।घरमा अामा मरेकाे दुख बिर्सदै सकि नसकि बुवा श्रीमतीकाे सहयाेग गर्दै विद्यालयमा पढाउने काम सँगै अन्य कार्यालयकाे काम पनि गर्दथ्याे ।त्यहि काम गरेकाे देखेर उसका स्टाफहरु उसलाई लखेट्न याेजना बनाए ।

 

युद्धकालकाे समय हुनाले तत्काल माअाेवादी पाटीले जनसरकार चलाएकाे थियाे ।उता श्री ५ काे सरकार भने प्रहरी ,सशस्त्र र तत्काल शाही नेपाली सेना परिचालन गरेकाे थियाे ।ज्यानकाे बाजि राखेर सदरमुकाम जान अाउन बाध्य भएर कार्यालयकाे काम गर्न जान्थ्यो ।सदरमुकाम मुसीकाेट खलंगा गएकाे बेला साला माअाेवादी अाईस् तैले हिजाे राती राँके जुलुस बाल्ने तै हाेइनस् भनेर झपारेर कायर बनाएर सताउने काम प्रहरी सेनाबाट हुन्थ्यो ।फर्केर अाउदाँ फेरि साला ताे त दलाल सिअाई डि हामीलाई मार्न पुलिसलाई खबर गर्न गएको हाेईनस् हामीले जानेका छाै ।

यस्तै पीडा खेप्दै विद्यालयकाे काम गर्दै संकटकाल बित्याे। जुन बेला माअाेवादी र सरकारकाे युद्ध घम्सा घम्सी थियाे ।त्यहि बेला विद्यार्थी नेत्री कमला राेका र प्रकाश राेकाकाे कमान्डमा उ पनि विद्यार्थी नेता एरिया कमिटी सदस्य गा वि स अध्यक्ष बन्याे ।
देशकाे समयले मागेपछि उ पनि घरवार बिर्सिएर विद्यार्थी अान्दोलनकाे लागि झाेलामा थाली किताब काफी लिएर हिड्न थाल्याे ।गरायला गाविसकाे गाेलडाँडा विद्यालयमा सम्मेलन भयाे ।सम्मेलनमा बर्तमान माननिय गाेपाल शर्मा अनल शरुण वाँठा लगाएत पाटीका नेता तथा विद्यार्थीका थुप्रै नेतागण उपस्थिति भएको सम्मेलन तीनदिन सम्म चल्याे ।उ जिम्मेवारी समाल्दै विद्यालयमा फर्कियाे । समय बित्दै गयाे उ पनि परिवर्तन कारीकाे लागि लागि पर्याे ।

 

२०५९ साल तिरकाे कुरा हाे जिल्लामा मानव अधिकार तथा कानुनी सेवा केन्द्र हरप्लेस रुकुमकाे अायाेजनामा सञ्चालित कार्यक्रममा सहभागी भयाे ।त्यहि बेलाका एक जना साथी धनविर दाहाल पनि सहभागी थिए उसकाे परिचय भयाे जिल्लामा पत्रकार भनेर पत्रिका निकाल्नु पर्छ केही काम गर्न जरुरी देखेर समाचारहरु लेख्न थाल्याे तर उसकाे लेखन कार्यमा सहयाेग मिलेन किनकि उसकाे अास्था बिचार मेल नखाएर बिचमा छाड्याे ।त्यस्तै क्रममा समय बित्दै गयाे देशमा माअाेवादी र सरकार बिचकाे पटक पटककाे वार्तापछि शान्ति स्थापना भयाे ।रुकुममा रेडियो सानीभेरी एफ एम खाेल्याे समाचार गाउँबाट सम्प्रेषण गर्न थाल्याे । समाचार लेख्दै गर्दा उसकाे रेडियोसँगका साथीहरुसँग धेरै नजिक भयाे ।जिल्लामा पत्रकार संगठन जिल्ला कमिटी बन्याे उ त्यसकाे सदस्य भयाे ।केही बर्षपछि फेरि नेपाल पत्रकार महासंघ जिल्ला रुकुमकाे साधारण सदस्य पायाे ।उता शिक्षक पेसाबाट र पत्रकार बाट काम गर्दै अघि बढ्याे ।

 

कुरा २०७६ साल तिरै हाे चैत महिनादेखि देशमा लकडाउन ( बन्दाबन्दी) भईरहेकाे थियाे ।घरमा बुवा बिरामी हुनुहुन्थ्याे ।साँझ बिहान दिउसाे उहाँकै हेरचाहमा समय बिताउदै गयाे । उपचारका लागि धेरै टाढा पुर्‍याउन सकेन् केवल चाैरजहारी मिसन हस्पिटल सम्म पुर्‍यायाे तर त्यहाँकाे दुई तीन दिनकाे बसाइ पछि डाक्टरकाे सल्लाह बमाेजिम बिरामी ९०% उपचार गरेर बाँच्न नसक्ने भएपछि घर तर्फ फिर्ता गरायाे । समय घर्कदै गयाे अन्तत बुवालाई बचाउन सकेन् ।२०७७ जेठ २५ गते अाइतबार बिहान ७:२५ तिर मृत्यु भयाे ।बुवाकाे देवशान पछि उ अामा बुवा तथा परिवारकाे अभिभावक गुमाई एक्लाे मानिस बन्याे ।अाखिर याे संसारमा जन्मेपछि मर्ने त हाे तर मर्ने ढिलाे चाँ                गोपाल सिंह खड्का सानिभेरि गाउँपालिका १० चिन्तु रुकुम पश्चिम