मेराे छाेरालाई मा’रे हामिले न्याय पाएनाै ;अभिभावक

बर्दिया — मंसिर ३ गते वनभोज खान गएका नेपाली सेनाका सिपाही विष्णु रनपालका परिवारले न्याय नपाएकाे गुनासाे गरेका छन ।बनभाेज खान गएका रनपाललाई मंशिर ३ गते २ समुहकाे झडपमा मृत्यु भएकाे थियाे । मृत्यु पछि उनका आफन्तले १४ जनाकाे बिरूद्वमा जाहेरि दिएकाे भए पनि अहिले सम्म प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

वनभोजमा दुई समूहबीच भएको झगडापछि केही व्यक्तिले लखेट्दै जाँदा उनलाई मारेर नहरमा फालेकाे आराेप परिवार जनले लगाएका छन । जाहेरि दिदा पनि प्रहरिले पक्राउ नगरे पछि मंगलबार बर्दिया सदरमुकाम गुलरियामा पत्रकार संग कुरा गर्दै उनिहरूले आफ्नाे छाेरालाई न्याय दिलाउन पनि सञ्चारक्रमिले सहयाेग गर्न अनुराेध गरेका छन । घटनामा संलग्न ७ जना व्यक्ति अझै फरार रहेको प्रहरीले जनाएको छ ।

पपक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका—१ का २८ वर्षीय निरपेन्द्र वन, सोही ठाउँका २३ वर्षीउ प्रभात वन, ठाकुरबाबा—२ का ओमबहादुर विक र बारबर्दिया नपा—६ का १७ वर्षीय किशोर रहेको बताए । घटनामा संलग्न भएको आरोपमा १४ जनाविरुद्ध किटानी जाहेरी परेको थियो । किटानी परेकामध्ये ७ जनाको खोजी भइरहेको प्रहरीले बताएको छ ।

मंसिर ३ गते बारबर्दिया नगरपालिका-१ स्थित बबई नदीको बॉध परेवाओडारदेखि करिब एक किलोमिटर दक्षिणमा वनभोज खान गएका दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो ।‘झडपमा घाइते भएका सैनिक अर्को समूहले हत्या गरेर नहरमा फालेपछि सैनिक रनपालको शव मंसिर ४ गते नहरमा फेला परेको थियो ।

विष्णुलाई नहरमा फालेको पीडित परिवारले आरोप लगाएका छन् । मृतकका बाबु धनबहादुर दमाईले छोरालाई कुट्दै लखटेर नहरमा फालेपछि मृत्यु भएको आरोप लगाएका छन् । उनले छोराको हत्यामा १४ जना संलग्न रहेको भन्दै उनीहरुविरुद्ध किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । भद्रकाली गण, काठमाडौंमा कार्यरत विष्णु तिहार बिदामा घर आएका थिए ।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal