समाचार

४७ बिध्यालयमा बिध्यालय ब्यवस्थापन समिति गठन गर्न परिपत्र

बर्दिया २५ मंशिर । गुलरिया नगरपमलिका शिक्षा शाखाले एक महिना भित्र नगरपालिका क्षेत्र भित्र रहेका बिध्यालयहरूमा बिध्यालय ब्यवस्थापन समिति गठन गर्न लिखित निर्दैशन जारि गरेकाे छ । गुलरिया नगरपालिका क्षेत्रमा रहेका ४७ वटा बिध्यालयमा बिध्यालय ब्यवस्थापन समित गठन गर्न निर्देशन जारि गरेकाे गुलरिया नगरपालिका शिक्षा शाखा अधिकृत सतिस यादवले बताउनु भयाे । यादवले बिध्यालय ब्यवस्थापन समितिकाे म्याद सकियकाे अवस्थामा अब तत्काल एक महिनाभित ब्यवस्थापन समिति गठन गर्न ४७ वटा बिध्यालयलाई परिपत्र गरिएकाे समेत बताउनु भयाे । लामाे समय देखि बिध्यालय ब्यवस्थापन समितिकाे म्याद सकिय पछि प्रधानाध्यापकहरूले समेत काम गर्न समस्या भएकाे बताउदै आईरहेका बेला गुलरिया नगरपालिका शिक्षा शाखाले तत्काल समिति गठन गर्न निर्देशन जारि गरे पछि प्रधानाध्यापक समेत खुसि देखिएका छन ।

Related Articles

Back to top button