समाचार

सशस्त्रको असईद्वारा १२ वर्षीय कि’शोरीमाथि ज’बर्ज’स्ती’कर्णी

काठमाडौँ –  झापाको गौरीगञ्जमा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) ले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप आफन्तले लगाएका छन् ।

बालिकालाई जवर्जस्ती करणीको प्रयास गरेको आरोप लागेपछि असई सूर्य कटुवाललाई सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वार्टर झापा तानिएको छ । उनीमाथि अनुसन्धान सुरु गरिएको सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिनुभयो ।

गौरीगन्ज गाउँपालिका-२, कोरोबारीस्थित सीमा सुरक्षामा खटिएका कटुवालले स्थानीय १२ वर्षीया बालिकालाई आइतबार राति साढे ९ बजे घरभित्रै पसेर जबर्जस्ती करणीको प्रयास गरेका आफन्तको आरोप छ ।

असई कटुवालले जबर्जस्ती गर्न खोजेपछि बालिका चिच्याएपछि उनी भागेका थिए । उनले मादक पदार्थ सेवन गरी बालिकामाथि जवर्जस्ती करणीको प्रयास गरेको आफन्तको आरोप छ ।

‘कटुवाललाई जिल्ला तानेर २४ घण्टे स्पष्टीकरण सोधेका छौं,’ एसपी पाण्डेले भने, ‘उनीमाथि आन्तरिक अनुसन्धान सुरु भएको छ। दोषी देखिए कानुनअनुसार कारबाही हुनेछ ।’

Related Articles

Back to top button