समाचार

परीक्षा दिने एउटा नाम निस्कियो अर्काको

२४ मंसिर २०७७, मोरङ

बिराटनगर महानगरपालिका-४ स्थित गोग्राहा माध्यामिक बिद्यालयमा लोक सेवा आयोगको कार्यालय धनकुटाबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने एक जना जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका-१ का १८ बर्षीय बिल्साद आलम रहेका छन् । आलमले, हरिनगरा-१ का २६ बर्षीय अवताव आलमको ठाउँमा परीक्षा दिईरहेको अवस्थामा फेला परेको उक्त कार्यालयबाट जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

Related Articles

Back to top button