समाचार

सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले देवदह मेडिकल कलेज घेराउ गरे।

मंसिर २२

बुटवल । सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले देवदह मेडिकल कलेज घेराउ गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका– १० की ३१ वर्षीया राधा थारुको अपरेसनमा लापरबाही भएको आरोपमा घटनाको छानवीन, दोषीलाई कारबाही र क्षतिपूर्ति माग गर्दै मृतकका आफन्तले प्रदर्शन गरेका हुन् ।मंसिर १७ गते अस्पताल भर्ना भएकी थारुको शल्यक्रिया गरेर १८ गते बिहान ५ बजे शिशु जन्माइएको थियो । बच्चा जन्माएको चार घण्टासम्म स्वास्थ्य अवस्था राम्रो रहेको र कुराकानी पनि भएको तर एक्कासी अप्रेसन गरेको ठाउँबाट रक्तश्राव हुन थालेपछि सोही दिन आईसीयूमा राखेर बिहान ११ बजे दोस्रो शल्यक्रिया गरिएको थियो । त्यसपछि पनि रक्तश्राव नरोकिएपछि पाठेघर निकाल्न राति तेस्रो अप्रेशन गरिएको मृतककी दिदी फुलमति थारुले बताइन् । राधालाई सुत्केरी भएपछि १३ पिन्ट ९पोका० रगत चढाइएको उनले बताइन् । रक्त सञ्चार केन्द्रमा पटक पटक रगत लिन जँंदा यति धेरै रगत त आवश्यक नपर्ने भनेर रक्त सञ्चारका कर्मचारीले आशंका गर्दै बिरामीलाई हेर्न भनेपछि हेर्न जाँदा जिब्रो बाहिर निक्लेको अवस्थामा बहिनीलाई देखेको फुलमतिले बताइन् । आफूहरुले सुत्केरीको मृत्यु भएको देखेर स्वास्थ्यकर्मीसँग कुरा गर्दा जीवित रहेको दावी गर्दै मुख बाहिर आएको जिब्रोलाई निप्पलले मुखभित्र धकेलेको दाबी उनको थियो ।मेडिकल कलेजले अपरेसनका क्रममा लापरबाही गरेका कारण सुत्केरीको मृत्यु हुन पुगेको आफन्तको दावी छ । ‘लापरबाही नभएको भए तीन दिनसम्म सुत्केरीलाई हेर्न किन दिइएन रु’, फुलमतिले भनिन्, ‘सुत्केरीको मृत्यु भएपछि पनि उपचार भइरहेको छ भनेर हामीलाई ढाँटिएको हो । मेडिकल कलेजले उपचारमा गम्भीर लापरबाही गरेर तीन दिनसम्म सुत्केरीको अवस्थाको यथार्थ जानकारी नदिएको मृतकका श्रामान् हिरालाल थारुले बताए । घटनाको छानवीन, दोषीलाई कारबाही र उचित क्षतिपूर्ति दिनुपर्ने मृतकका आफन्तले माग गरेका छन् ।मेडिकल कलेजले आइतबार दिउँसो मात्रै सुत्केरीको मृत्यु भएको घोषणा गरेको थियो । तर त्यसअघि नै शनिबार मृतकका आफन्तसँगको छलफलमा चार लाख रुपैयाँ दिन र उपचार खर्च नलिन तयार भएको हिरालालले बताए । उपचार खर्च नलिने र चार लाख रुपैयाँ दिन्छौं भन्ने कुराले उपचारमा लापरबाही भएको पुष्टि भएको थारुको दाबी छ । सुत्केरीको उपचारमा डा।संजिव योञ्जनको टोली सहभागी थियो ।

Related Articles

Back to top button