सोमबार , अषोज ४, २०७८

शशस्त्र प्रहरी महानिरिक्षकलाई बर्दियामा भब्य स्वागत

मंग्सिर २२, २०७७ सोमबार 60

शशस्त्र प्रहरी महानिरिक्षकलाई बर्दियामा भब्य स्वागत

बर्दिया । कोरोना संक्रमणका समयमा शुरक्षा चुनौति बढेको बुझेको सरकारले बल्ल सिमा क्षेत्रमा प्रहरीहरु तैनाथ गर्न शुरु गरेको देखिएको छ । त्यसै अनुरुप कोरोना संक्रमणका समयमा बर्दिया जिल्ला पनि भारतिय सिमाना सँग जोडिएको जिल्ला भएका कारण शुरक्षा चुनौति बढेको महशुष गरि बर्दिया जिल्लाको करिव ८३ किलोमिटर सिमा क्षेत्रमा एक सय भन्दा बढी शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई सिमा सुरक्षाका लागि खटाईयो । सिमामा खटाईएका शसस्त्र प्रहरीलाई पानि र छानोको समेत ब्यवस्था हुन सकेन त्यसैले पनि बर्दिया जिल्लाको ८४ किलोमिटर सिमा क्षेत्रमा यति बेला धमाधम बोर्डर आउँट पोष्ट बिओपी स्थापना तिव्र गतिमा भई रहेको छ । सिमामा बस्ने स्थानिय बासिन्दाहरुले पनि सिमा सुरक्षा पोष्ट निर्माण भए पछि ढुक्क सँग बस्न पाउँने बिश्वास स्थानियले लिएको वडा नं ९ का वडा अध्यक्ष डिल्ली खनालले बताउँनु भयो ।

८३ किलोमिटर सिमा क्षेत्रमा मात्र २९ वटा सिमा सुरक्षा पोष्ट निर्माणका लागि बर्दियाका ८ स्थानिय तह जुटेका छन । बिशेष गरी बढैयाताल गाउँपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका र राजापुर नगरपालिका सिमा क्षेत्रमा पर्ने भए पनि सिमा क्षेत्र भन्दा भित्र रहेका अन्य ४ पालिका ले पनि सिमा सुरक्षा पोष्ट तयारीमा सहयोग गरेका छन । बर्दिया जिल्लामा २० सिमा सुरक्षा पोष्ट निर्माण हुने भए पनि अहिले सम्म ७ वटा सिमा सुरक्षा पोष्ट निर्माण भई सकेका छन । सिमा सुरक्षा पोष्ट निर्माण भए पनि स्थानियले समेत राहतको महशुष गर्ने मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेति कृष्णले बताउँनु भयो ।
यसै बिच गुलरिया नगरपालिकाको वडा नं ३ मा निर्माण सम्पन्न भएको सुरक्षा पोष्ट कटिको बिओपि निरिक्षण गर्न पुग्नु भएका महानिरिक्षक खनाललाई गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले सम्मान गर्नु भएको छ ।

बर्दिया जिल्लामा मात्र नभई देशभर सिमा सुरक्षा पोष्टमा यतिबेला स्थानिय निकाय जुटेका छन । देशभर भएको सिमा सुरक्षा पोष्टले सुरक्षा पोष्टले सुरक्षा प्रदान गर्ने शसस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले बताउँनु भयो । सिमा सुरक्षा पोष्ट धर्मबस्तीको उदघाटन कार्यक्रममा बर्दिया पुग्नु भएका महानिरिक्षक खनालले देशभर ५ सय सिमा शुरक्षा पोष्ट निर्माणको तयारीमा आफु जुटेको समेत बताउँनु भयो ।