गुलरियाकाे महिला तथा बालबालिका शाखाले गर्याे महिला जनप्रतिनिधिलाई अभिमुखिकरण
गुलरिया २२ मंशिर । गुलरिया नगरपालिकाकाका महिला जनप्रतिनिधि र संघ सस्थाका प्रतिनिधिहरूबिच महिला कानुनि अधिकार सम्न्धि अभिमुखिकरण कार्यक्रम आईतबार गुलरिया नगरपालिकामा सम्पन्न भएकाे छ । गुलरिया नगरपालिका महिला तथा बालबालिका कार्यालयले आायाेजना गरेकाे उक्त कार्यक्रममा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले कार्यक्रमले महिलाहरूका अधिकारका बारेमा जानकारि प्रदान गर्ने बिश्वास आफुले लिएकाे बताउनु भयाे । कार्यक्रममा गुलरिया नगरपालिकाका उप प्रमुख शुशिला गिरिले महिला जनप्रतिनिधिहरूलाई पनि कानुनि अधिकारका बारेमा जानकारि हाेस र संघसस्थाका प्रतिनिधिबिच पनि एक आपसमा सामिप्यता बढाेस भन्ने उद्वेश्यले कार्यक्रम आयाेजना गरियकाे बताउनु भयाे ।
गुलरिया नगरपालिका महिला तथा बालबालिका कार्यालयले आयाेजना गरेकाे उक्त कार्यक्रमकाे सहजिकरण अधिवक्ता लक्ष्मि नेपालले गर्नु भएकाे थियाे ।