समाचार

बर्दियामा दिनहुँ दु’र्घटना बढ्दै, आज पनि बस दु’र्घटना।

बर्दियामा दिनहुँ रूपमा सडक दुर्घटना बढ्दो क्रम छ। हिजो मात्रै सवारी दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् भने तिन जना गम्भीर घाइते भएका छन्।

आज पनि
बर्दियाको गुलरिया स्थित खैरापुरमा बस् पल्टिदा ३२ जना घाईते भएका छन्। नेपालगन्जबाट राजापुर जाँदै गरेकाे भे १ ख २१२४ नम्बरकाे बस अनियन्त्रित भई पल्टिदा दुर्घटना भएकाे प्रहरी प्रशासनले जनाएको छ।
दुर्घटना हुनुको मुख्य कारण भने अहिले सम्म खुलेको छैन। ट्राफिक प्रहरी कार्यालय बर्दियाका अनुसार दुर्घटनामा परी घाइते भएका २७ जनाको जिल्ला अस्पतालमा बर्दियामा उपचार भइरहेको जनाएका छन्।

ट्राफिक प्रहरी कार्यालय बर्दियाका अनुसार दुर्घटनामा परी घाइते भएका २७ जनाको जिल्ला अस्पतालमा बर्दियामा उपचार भइरहेको छ भने थप ५ जनाको अवस्था केही जटिल रहेको जानकारी प्राप्त भएको छ।

Related Articles

Back to top button