सोमबार , अषोज ४, २०७८

गुलरिया नगरपालिकामा समितिका संयाेजक चयन

मंग्सिर १८, २०७७ बिहिबार 60

गुलरिया नगरपालिकामा समितिका संयाेजक चयन

ज्याेति पन्थि बर्दिया १८ मंशिर । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले गुलरिया नगरपालिका नगरकाे कार्य सम्पादन नियमावलि २०७५ काे नियम १५ काे उपनियम २ बमाेजिम नगरपालिकाकाे बिभिन्न समितिहरूकाे संयाेजक ताेक्नु भयकाे छ । नगर प्रमुख यादवले सार्वजनिक सेवा तगा क्षमता बिकास समितिकाे संयाेजकमा राम बहादुर रावल कार्यपालिका पुर्वाधार बिकास समितिकाे संयाेजकमा नैन बहादुर सुनार, आर्थिक बिकास समितिकाे संयाेजकमा बिनिता देवकाेटा, बिधयक समितिकाे संयाेजकमा भारति सुनार, सामाजिक बिकास समितिकाे संयाेजकमा बिष्णु कुमारि भुषाल, बातवरण तथा बिपत ब्यवस्थापन समितिकाे संयाेजक ताेकियकाे छ । त्यसैगरि गुलरिया नगरपालिका शिक्षा एैन २०७५ काे दफा १५ उपदफा १ ( ज) मा भएकाे ब्यवस्था अनुरूप शिक्षा समितिकाे सदस्यमा राजकुमार यादव, बिरेन्द्र कुमार चाैधरि र राम नारायण प्रसाद केशरिलाई सदस्य ताेक्नु भएकाे छ । एैन अनुसार यश अघि ताेकिएकाे २ बर्षे कार्यकाल सकिएका कारण विभिन्न समितिकाे संयाेजक चयन गरिएकाे गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताउनु भयाे ।