समाचार

बर्दियामा एक सय महिलाका लागि कृषि सामाग्रि बितरण

बर्दिया १७ मंशिर । दतित महिला संघ बर्दियाले महिलाहरूकाे आय आर्जन बढाउने उद्वेश्यले गुलरिया नगरपालिका र बढैयाताल गाउपालिकाका महिलाहरूका लागि प्याजकाे बीउ र पानी सिचाई गर्ने हजारि सहित कृषि सामाग्रि बितरण गरेकाे छ । गुलरिया नगरपालिका र बढैयाताल गाउपालिकामा बसाेबास गर्ने र कृषि पेशामा संलग्न रहेका करिव एक सय महिलाहरूलाई दलित महिला संघले प्याजकाे बीउ बीउ, हजारि र कुटाे सहितकाे कृषि सामाग्रि बितरण गरिएकाे हाे । बर्दिया जिल्लामा लामाे समय देखि दलित महिलाहरूकाे वकालात गर्दै आई रहेकाे दलित महिलम संघ बर्दियाले महिलाहरूकाे आय आर्जन बृद्वि गर्नका लागि कृषि सामाग्रि बितरण गरेकाे र आफुहरूले उत्पादन गरेकाे सामाग्रि बितरण गरेर आय आर्जन गर्न आफुहरू सफल हुनेमा ढुक्क रहेकाे बढैयाताल गमउपालिका ३ कि सगुन महिलम समुहकि सुमित्रा बराईलिले जानकारि गराउनु भयाे । गुलरिया नगरपालिका र बढैयाताल गाउपमलिका करिव एक सय महिलाहरूकाे आाय आर्जन बृद्वि गर्ने उदेश्यले कृषि सामाग्रि बितरण गरिएकाे दलित महिला संघ बर्दियाकि कार्यक्रम संयाेजक हिमा सुनारले बताउनु भयाे । पछिल्लाे समय दलित महिला संघ बर्दियाले बर्दिया जिल्लामा महिलाहरूकाे आय आर्जन बृद्वि गर्ने उदेश्यले महिलाहरूलाई करेसाबारि तालिम लगायत विभिन्न किसिमा कृषि समब्न्धि प्राबिधिक सहयाेग समेत उपलब्ध गराउदै आई रहेकाे छ ।

Related Articles

Back to top button